आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं, कात्तिक ४ / नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज बुधबार विजयादशमी हर्षोल्लासका साथ मनाइँदैछ। आजको दिन मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २०८३ साल कात्तिक ४ गते विजयादशमीको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ। त्यस्तै, देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा निर्धारण गरिएको छ।

समितिका अनुसार शुभ साइतमा टीका ग्रहण गर्दा टीका थाप्ने व्यक्ति पश्चिम फर्कनुपर्नेछ। यद्यपि, विजयादशमीका दिन दिनभर मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न सकिनेछ।

विजयादशमीलाई असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा लिइन्छ। यस पर्वमा परिवारका सदस्य, आफन्त तथा मान्यजनबीच टीका र जमरा लगाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्ने परम्परा छ।

बडादसैँले पारिवारिक एकता, आपसी सद्भाव, प्रेम र सामाजिक भाइचारालाई थप सुदृढ बनाउने विश्वास गरिन्छ।

  • ताजा अपढेट

    घटस्थापनासँगै बडादसैँ आजबाट सुरु

      काठमाडौं, असोज २५, २०८३ /नेपालीहरूको महान् पर्व बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै देशभरका घरघरमा जमरा राख्ने तथा दुर्गा भवानीको पूजा…

    Read more

    Continue reading
    पहिले पुस्तकको अभाव, अहिले खरिदको दबाब? हेटौँडामा अभिभावकको प्रश्न

    हेटौँडा, २०८३ साल असोज २३ / शैक्षिक सामग्री समयमै उपलब्ध गराउनु सम्बन्धित निकायको दायित्व हो। तर, शैक्षिक सत्र सुरु हुँदा पुस्तकको अभाव हुने र सत्रको उत्तरार्धमा विद्यार्थीलाई पुस्तक खरिद गर्न…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान