त्रिकालदर्शन नामै काफी छ, नामअनुसारकै काम गर्दै जाओस्

बेथानचोक / ‘त्रिकाल’ अर्थात् भूत, वर्तमान र भविष्य—हिजो, आज र भोलि। नाम आफैँमा अर्थपूर्ण छ। हिजोका अनुभव, आजका यथार्थ र भोलिका सम्भावनालाई समेट्दै समाजका हरेक सकारात्मक गतिविधि, प्रेरणादायी काम र जनताका वास्तविक आवाजलाई सबैको माझमा पुर्‍याउन त्रिकालदर्शन डट कम सफल होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।

काभ्रेपलाञ्चोक जिल्लाको दक्षिणी भेग, बेथानचोक गाउँपालिका–३ बाट सञ्चालित त्रिकालदर्शन मिडिया प्रा.लि.को पुनः शुभारम्भको अवसरमा यसका सञ्चालक भाइ सन्तोष बजगाई लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु।

 भाइ सन्तोष, सत्य र तथ्यलाई आत्मसात् गर्दै निष्पक्ष, स्वच्छ र जिम्मेवार पत्रकारिताको बाटोमा तिम्रो कलम निरन्तर चलिरहोस्। समाजमा भएका राम्रा कामको प्रशंसा, प्रेरणादायी व्यक्तित्वको सम्मान र जनताका आवाजको प्रतिनिधित्व गर्दै अघि बढ्न सक। पत्रकारिता केवल समाचार सम्प्रेषण गर्ने माध्यम मात्र नभई समाजलाई सही दिशा देखाउने र सकारात्मक परिवर्तनको आधार बन्न सकोस्।

तिम्रो मेहनत, लगनशीलता र सपना सफलताको शिखरमा पुगून्। त्रिकालदर्शन डट कमले हिजोका इतिहासलाई सम्मान गर्दै आजका यथार्थ उजागर गरोस् र भोलिको सुन्दर समाज निर्माणमा योगदान पुर्‍याओस्। सधैँ सत्यको पक्षमा उभिँदै जनताको विश्वास जित्न सफल होस्।

भाइ सन्तोष बजगाई, तिम्रो यो यात्रा निरन्तर सफल बनोस्। त्रिकालदर्शनको नामजस्तै काम पनि अर्थपूर्ण र प्रेरणादायी बनोस्। हार्दिक माया, बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना!

तारा राना तिमल्सिना
 

उपाध्यक्ष
 

बेथानचोक गाउँपालिका, काभ्रेपलाञ्चोक

  • ताजा अपढेट

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन मिडिया प्रा.लि.द्वारा सञ्चालित त्रिकालदर्शन डटकम आधिकारिक रूपमा सूचना तथा प्रसारण विभागमा दर्ता भएको सुखद खबर प्राप्त हुँदा म अत्यन्तै हर्षित भएको छु। यस महत्वपूर्ण उपलब्धिका लागि त्रिकालदर्शन डटकमका सम्पादक,…

    Read more

    Continue reading
    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    कुरा २०७० साल असोजको हो। दिन ठ्याक्कै विजयादशमीको टीकाकै थियो। मेरो यात्रा नारायणगढदेखि काठमाडौंसम्मको थियो। काठमाडौं! देशको राजधानी। सुविधा, अवसर र आधुनिकताको केन्द्र। जहाँ पुगेपछि सबै कुरा सहज हुन्छ भन्ने…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान