भोलि काठमाडौं आउनुहुदै जगद्गुरु आचार्य श्री कृष्णमणिजी महाराजश्री

काठमाडौं । श्री कृष्ण प्रणामी धर्माचार्य,वर्तमान सतगुरु स्वरुप अनन्त श्री विभूषित जगद्गुरु आचार्य श्री कृष्णमणिजी महाराजश्री को नेपाल आगमन भोलि जेठ १९ गते हुने भएको छ। उहाँ सोही दिन राति ८:०० बजे इन्डिगो एयरलाइन्समार्फत काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।

जगद्गुरु आचार्य श्री कृष्णमणिजी महाराजश्रीको स्वागत तथा दर्शनका लागि जेठ २० गते दिउँसो १२:०० बजे विशेष कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रममा सम्पूर्ण सुन्दरसाथजी तथा पदाधिकारीहरूले पूज्य महाराजश्रीको दिव्य दर्शन, पावन वाणी श्रवण तथा आशीर्वाद प्राप्त गर्ने अवसर पाउनेछन्।

जगद्गुरु आचार्य श्री कृष्णमणिजी महाराजश्रीको नेपाल आगमनलाई धार्मिक तथा आध्यात्मिक दृष्टिले विशेष महत्वका साथ हेरिएको छ। उहाँको उपस्थितिले भक्तजनहरूमा आध्यात्मिक चेतना, श्रद्धा, भक्ति र आत्मिक जागरणको भावना थप प्रगाढ हुने विश्वास गरिएको छ।

जगद्गुरु आचार्य श्री कृष्णमणिजी महाराजश्रीको पावन आगमनले काठमाडौंसहित देशभरका प्रणामी अनुयायीहरूमा उत्साह र उमंग थपिएको छ। भक्तजनहरू महाराजश्रीको दर्शन तथा आशीर्वाद प्राप्त गर्न आतुरतापूर्वक प्रतीक्षारत रहेका छन्।

  • ताजा अपढेट

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    काठमाडौं, २०८३ कात्तिक १ / श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, काठमाडौं जिल्ला समितिद्वारा आयोजित पशु बलि प्रथा सचेतना अभियान तथा दीप प्रज्वलन कार्यक्रम बडादसैँको पूर्वसन्ध्यामा महाअष्टमीका दिन काठमाडौंको माईतीघर मण्डलामा…

    Read more

    Continue reading
    बाढीपीडितको सहारा बन्यो श्रीकृष्ण प्रणामी मन्दिर बनेपा, ६३ हजार ९८० रुपैयाँ सहयोग

    बनेपा, असोज ६ गते / विपद्ले घर उजाडिएका छन्, परिवारलाई पीडामा धकेलेको छ र धेरैको आँखाबाट आँसु रोकिएको छैन। यस्तो कठिन घडीमा सरकारदेखि नागरिकस्तरसम्म राहत र उद्धारको आवश्यकता बढिरहेका बेला…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    युगलदास महाराजको योगदान सम्झिँदै युवापुस्ता, पुल्चोकमा कात्तिक १४ गते वक्तृत्वकला

    युगलदास महाराजको योगदान सम्झिँदै युवापुस्ता, पुल्चोकमा कात्तिक १४ गते वक्तृत्वकला

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?