जहाँ भक्ति छ, त्यहाँ कृपा: माघ २१ देखि सुरु हुँदैछ निजगढ धर्म महामहोत्सव २०८२

ज्यो.ध्रुवराज शास्त्री 

बारा / वैदिक सनातन धर्मको विकास तथा आध्यात्मिक चेतनाको अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव–२०८२’ निजगढमा आयोजना हुने भएको छ।

श्रीकृष्ण प्रणामी निजानन्द संप्रदायको आद्यधर्मपीठ श्री ५ नवतनपुरीधाम अन्तर्गत तथा निजगढस्थित श्रीकृष्ण प्रणामी मन्दिरको आयोजनामा सञ्चालन हुने उक्त महामहोत्सव आगामी माघ २१ गतेदेखि २७ गतेसम्म (२०२६ फेब्रुअरी ४ देखि १०) निजगढ–६, प्रणामीनगरस्थित मन्दिर परिसरमा भव्य रूपमा सम्पन्न हुने भएको हो।

पूर्णात्पूर्ण परब्रह्म परमात्मा श्रीकृष्णजीको अनुकम्पा तथा वर्तमान पीठाधीश श्रीकृष्ण प्रणामी निजानन्दाचार्य अनन्तश्री विभूषित जगद्गुरु कृष्णमणिजी महाराजश्रीको सत्प्रेरणा र पावन सान्निध्यमा सम्पन्न हुन गइरहेको यस महामहोत्सवमा धर्म, भक्ति र संस्कृतिको उज्यालो एकैसाथ झल्किने आयोजकले विश्वास व्यक्त गरेका छन्।

माघ २० गते जगद्गुरु महाराजश्रीको निजगढ आगमन

धर्मप्राण सुन्दरसाथजी, उक्त महामहोत्सवको अवसरमा जगद्गुरु कृष्णमणिजी महाराजश्री यही माघ २० गते दिउँसो ४ बजे निजगढ आगमन गर्नुहुने कार्यक्रम रहेको छ। उहाँको पावन सान्निध्यमा माघ २१ गते बिहान भव्य कलश शोभायात्रा, नवनिर्मित मन्दिरको कलश अनावरण, तथा श्रीमत्तारतम सागर १०८ पाठपारायणको विधिवत् शुभारम्भ गरिनेछ।

विविध वैदिक अनुष्ठान एकसाथ

महामहोत्सवअन्तर्गत

श्रीमत्तारतम सागर १०८ पाठपारायण,

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ,

तथा नवनिर्मित मन्दिरको कलश अनावरण गरिनेछ।

यसै अवसरमा वैदिक अनुष्ठानअन्तर्गत मण्डप अनुष्ठान, नित्य हवन, वेदपाठ, श्रीमद्भागवत पाठ, अन्नप्राशन, व्रतबन्ध, गुन्युचोली, ग्रहपूजन, वास्तुपूजन लगायतका वैदिक कर्मकाण्डहरू पनि एकसाथ सुरु हुने आयोजक परिवारले जनाएको छ।

विशिष्ट सन्त–महन्त र विद्वानहरूको उपस्थिति

महामहोत्सवमा जागनीपीठ श्री ५ महामंगलपुरीधाम, सुरत (भारत) का जगद्गुरु आचार्य अनन्तश्री विभूषित सूर्यनारायणदासजी महाराजश्रीको गरिमामय उपस्थितिसहित आशीर्वचन रहनेछ। साथै श्री ५ पद्मावतीपुरीधामका प्रतिनिधि, विभिन्न परमहंस पीठका सन्त–महन्त, विद्वान् तथा विदुषीहरूको सान्निध्यमा धर्म र अध्यात्मका गहिरा मर्म प्रवाहित हुनेछन्।

श्रीमद्भागवत महापुराण कथा

👉 महन्त श्री १०८ सुधाकर महाराज (मंगलधाम, सिक्किम) बाट प्रवाहित हुनेछ भने

श्रीमत्तारतम सागर ब्रह्मवाणी चर्चा

👉 मृदुभाषी माताजी उषा घिमिरे (मेहेरसागर कृपासिन्धु गुरुकुल, सिमरा) द्वारा संगीतमय रूपमा प्रस्तुत गरिनेछ।

यससहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूले प्रस्तुत गर्ने भजन–कीर्तन, गरबा रास नृत्य तथा विविध सांस्कृतिक प्रस्तुतीहरूले सम्पूर्ण वातावरणलाई श्रीकृष्णमय बनाउनेछन्।

पूर्वतयारी सम्पन्न महामहोत्सव अन्तर्गत सञ्चालन हुने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञसहित सम्पूर्ण धार्मिक कार्यक्रम माघ २७ गतेसम्म सञ्चालन हुने आयोजक परिवारले जानकारी दिएका छन्। साथै महोत्सवलाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण पूर्वतयारी कार्य सम्पन्न भइसकेको समेत आयोजकले जनाएका छन्।

वैदिक सनातन धर्मको प्रचार र विकासमार्फत धार्मिक आस्थामा जागरण ल्याउने, नैतिक मूल्य तथा सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस महामहोत्सवमा देशभरबाट श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

आयोजक समितिले सम्पूर्ण धर्मप्रेमी, श्रद्धालु तथा सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई आध्यात्मिक लाभ लिन हार्दिक निमन्त्रणा गरेको छ।

“जहाँ भक्ति छ, त्यहाँ कृपा अवश्य हुन्छ; जहाँ कृपा छ, त्यहाँ जीवन सफल हुन्छ।”

  • ताजा अपढेट

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापा श्रावण १८ / झापाको भद्रपुर नगरपालिका–९, प्रणामीनगरस्थित श्रीकृष्ण प्रणामी मन्दिर, दुवागढी–चन्द्रगढीमा विगत वर्षहरूझैँ यस वर्ष पनि आज बाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुने भएको छ। वि.सं.…

    Read more

    Continue reading
    सद्गुरुको महिमा र गुरु पूर्णिमाको आध्यात्मिक सन्देश

    आज असार शुक्ल पुर्णिमा अर्थात गुरु पूर्णिमाको पावन अवसरमा आध्यात्मिक चिन्तन, वैदिक शास्त्र, ज्योतिष तथा धर्मदर्शनका गहन अध्येता एवं प्रेरणादायी वक्ता ज्योतिषीचार्य श्री ध्रुवराज शास्त्रीसँग सद्गुरुको महिमा, आत्मजागरण, श्रीकृष्ण प्रणामी…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    देखिने प्रगति र नदेखिने समृद्धि

    देखिने प्रगति र नदेखिने समृद्धि

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै