“सुशासन र स्थायी सरकारको अपेक्षा” :- राधेश्याम गजुरेल

जननिर्वाचित काँग्रेस–एमाले नेतृत्वको सरकार जेन–जी आन्दोलनको रापले विस्थापित भयो। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले तोकेको फागुन २१ गतेको निर्वाचनबाट संवैधानिक निकास, स्थायी सरकार र मुलुकको समृद्धिको दिशातर्फ मार्गचित्र कोरिने अपेक्षा सबैमा रहेको छ। राजनीति व्यक्ति, दल र गुटभन्दा माथि उठेर मुलुकमा नयाँ अध्याय सुरु गर्न नवयुवा जेन–जीको आन्दोलन र शहीदहरूको भावना अनुरूप समग्र देशकेन्द्रित कार्य गर्ने नयाँ युगको प्रारम्भ रवि–बालेन सहकार्यले गरेको देखिन्छ।

२००७ सालमा प्रजातन्त्रको सुरुवातसँगै समृद्धितर्फ फड्को मार्नुपर्ने मुलुकले ७५ वर्ष बितिसक्दा पनि अपेक्षित विकास र समृद्धि हासिल गर्न सकेन। बीचमा पञ्चायत अन्त्य भई बहुदलीय शासन व्यवस्था आयो, तर त्यससँगै आएका विसङ्गति, विकृति र राजनीतिक तहबाट भएका अकर्मण्यताले मुलुकलाई थप जटिलतातर्फ धकेल्यो। यही अवस्थाको विरुद्ध २०५२ सालबाट सुरु भएको माओवादी जनयुद्धमा हजारौँ अमूल्य जीवन गुमे र खर्बौँको सम्पत्ति नष्ट भयो। २४० वर्ष लामो राजतन्त्रको अन्त्य भई गणतन्त्र प्राप्त भयो, तर उपलब्धि जनअपेक्षा अनुसार हुन सकेन। मुलुकमा सुशासन, जनउत्तरदायी र स्थायी सरकार स्थापित हुन सकेन।

राजनीति आसेपासे पाल्ने, सत्तामा रमाउने र सत्ता जोगाउन संसद्‌को संख्या जोडघटाउ गर्ने खेलमै सीमित रह्यो। प्रचण्ड र माओवादी आन्दोलनको पनि प्रभाव क्रमशः कमजोर हुँदै गयो र मुलुकमा युवा शक्ति जुर्मुराउन थाल्यो। ३० वर्षभन्दा बढी समय शासन गरेका नेताहरू जनताबाट क्रमशः पाखा लाग्दै गएका छन् र नयाँ युवा पुस्ताको उदय भइरहेको छ।

पछिल्लो आम निर्वाचनमा पुराना दललाई सबक सिकाउँदै नयाँ दल र युवाको नेतृत्वले राजनीतिमा सशक्त प्रवेश गर्‍यो। रवि र बालेनले यस प्रक्रियामा उल्लेखनीय भूमिका निर्वाह गर्दै शानदार ‘इन्ट्री’ गरिसकेका थिए। यद्यपि सबैमा निजी कमजोरी हुन्छन्, केही आन्तरिक कमजोरीका बाबजुद पनि युवापुस्तामा उनीहरूप्रति देशको आशा र भरोसा देखिएको छ।

मुलुकलाई नयाँ दिशा दिन, राजनीतिक गतिरोध अन्त्य गर्न र जेन–जी आन्दोलनको मर्म अनुरूप अघि बढ्न उनीहरूबीचको सहकार्यले महत्वपूर्ण अर्थ राख्दछ। हालै सम्पन्न उनीहरूबीचको सहमतिले दिशाहीन बनेको मुलुकको अवस्था सुधार्न विकास र समृद्धिका लागि मिलेर काम गर्ने स्पष्ट संकेत दिएको छ।

उक्त सहमतिमा नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा शहीद परिवारका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ। साथै, समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरू प्राप्त गर्न आवश्यक गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा आगामी दस वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयन गर्ने वाचा गरिएको छ।

यद्यपि सम्झौता व्यक्तिगत र दलगत लेनदेनकै परिणाम भए पनि यसबाट नेपाली जनताले धेरै अपेक्षा गरेका छन्। तथाकथित ‘पुराना बाघ’ भनिएका दल र नेताहरूमा समेत यस सहकार्यले तरंग पैदा गरेको छ। अब उनीहरूलाई आफ्नो साख जोगाउन हम्मेहम्मे पर्ने अनुभूति भएको छ र पुरानै शैलीले अब काम नगर्ने चेत खुलेको छ।

नवयुवा र देशको उज्ज्वल भविष्यका लागि यो द्विपक्षीय सम्झौताले बहुपक्षीय र बृहत् फड्को मार्न सकोस्। देश र जनता सुखी–खुसी बनून्। मुलुकमा स्थायी सरकार बनोस्, शान्ति र अमनचैन कायम होस्, रास्वपा वैकल्पिक शक्ति बनोस्। शुभकामना !

  • ताजा अपढेट

    देखिने प्रगति र नदेखिने समृद्धि

    मानिसले प्रगति भन्नासाथ प्रायः घर, गाडी, धन, पद र बैंक ब्यालेन्स देख्छ। तर यी जीवनका देखिने उपलब्धि मात्र हुन्। वास्तविक प्रगति त्यहाँबाट सुरु हुन्छ, जहाँ बाहिरी आँखाले देख्न सक्दैन। हिजो…

    Read more

    Continue reading
    नेतृत्वको सिंहासनमा स्वार्थको छाया 

    नेतृत्व केवल पद, शक्ति वा अधिकारको परिचय होइन। नेतृत्व भनेको सत्य, चरित्र, सेवा, त्याग, उत्तरदायित्व र नैतिकताको जीवन्त अभ्यास हो। साँचो नेतृत्वले समाजलाई सही दिशातर्फ डोर्‍याउँछ, आशा जगाउँछ र भविष्य…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    देखिने प्रगति र नदेखिने समृद्धि

    देखिने प्रगति र नदेखिने समृद्धि

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै