निष्पक्ष छानबिनको माग गर्दै रगतले लत्तपत्तिएको टिसर्टसहित आयोगमा ऋषी थापा

काठमाडौ / काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाउँपालिका वडा नम्बर ६ का जेन्जी अगुवा ऋषी थापा रगतले लत्तपत्तिएको टिसर्ट, फाटेको जुत्ता र नारासहितको पर्चा बोकेर छानबिन आयोगमा उपस्थित भई बयान दिएका छन्।

मिति २०८२ भदौ २३ गते आफू तथा आन्दोलनकारीमाथि गरिएको दमनको विरोध जनाउँदै आयोगको कार्यालय पुगेका थापा रगतले उक्त घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। आयोगसमक्ष बयान दिने क्रममा उनले सो दिनको दमन योजनाबद्ध रूपमा गरिएको दाबी गर्दै दोषीको पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याए।

थापाले यस्ता घटनाको पुनरावृत्ति हुन नदिन निष्पक्ष, स्वतन्त्र र गहिरो छानबिन गर्न आग्रह गर्दै पीडित पक्षलाई न्याय सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

रगतले लत्तपत्तिएको टिसर्टसहित आयोगमा उपस्थित भएका थापाको शैलीलाई स्थानीयस्तरमा चासोका साथ हेरिएको छ। छानबिन आयोगले भने थापाको बयान औपचारिक रूपमा अभिलेखमा राखी थप प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।

  • ताजा अपढेट

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौं, कात्तिक ४ / नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज बुधबार विजयादशमी हर्षोल्लासका साथ मनाइँदैछ। आजको दिन मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका…

    Read more

    Continue reading
    घटस्थापनासँगै बडादसैँ आजबाट सुरु

      काठमाडौं, असोज २५, २०८३ /नेपालीहरूको महान् पर्व बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै देशभरका घरघरमा जमरा राख्ने तथा दुर्गा भवानीको पूजा…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान