काठमाण्डाै १ मा प्रवल थापा नै अब्वल

राधेश्याम गजुरेल 

         नेपाली काँग्रेस काठमाण्डाै क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेद्वार “प्रवल थापा” अहिले विशेष चर्चाका शिखरमा छन् ।

        काँग्रेस हस्ती उपसभापति प्रकाशमासिंह बिजयी निर्वाचन क्षेत्रमा स्थान बनाएका प्रवल पार्टीमा ठूलाे याेगदान सहित हालै सम्पन्न काँग्रेसकाे विशेष महाधिवेसन गर्न बिशेष भूमिकामा रहि काम गरेका सक्रिय, उर्जावान नेतृत्वमा पर्दछन्, जसलाई यसपाली यस क्षेत्रका जनताले हेर्न चाहेका छन् ।

        विवेकशिल साझा हुँदै रास्वपा समाहित रञ्जु दर्शना र  बिबिसी रेडियाेमा लामाे समय पत्रकारिता गरि साझा पर्टिकाे संस्थापक हुँदै विवेकशिलमा जाेडिई हाल राप्रपामा आबद्व रबिन्द्र मिश्र एमालेका माेहनराज रेग्मी लगायतसँग प्रतिस्पर्दारत उहाँकाे चिनारी उद्यमशिलता, राेजगारी प्रबर्द्वन, राष्ट्रकाे समुन्नतीकाे भिजन काेर्ने याेग्य र सक्षम ब्यक्तित्वकाे रुपमा रहेकाे छ । 

उहाँ नेपाली काँग्रेसमा महाधिवेसन तथा महासमिती सदस्य र प्रदेश सभा क्षेत्रिय कार्यसमिति सचिव तथा पुर्व प्रदेश सभा समानुपातिक तर्फकाे उम्मेद्वार पनि हुनुहुन्छ। उहाँकाे विजयले राष्ट्रले सक्षम र दुरदृष्टि भएका मुलुककाे भविष्य काेर्न सक्ने हुनाहार नेतृत्व पाउने स्थानीय बुद्विजिवी बताउँछन् ।  लगनशिल अनुशासित भई अर्जुन दृष्टिले सफलतामा एकाकार उहाँ पार्टीमा विद्यार्थी राजनितिदेखि संघर्षरत परिवर्तनका पक्षधर हुनुहुन्छ । शैक्षिक रुपमा पनि अब्बल उहाँ अष्ट्रेलियाबाट उच्च शिक्षा पूरा गरि स्वदेश फर्केर राष्ट्र निर्माणमा ठूलाे याेगदान दिँदै आउनुभएकाे छ ।

बि. सं. २०४० साल जेष्ठमा बुद्व जयन्तीका दिन बुवा स्व. प्रदिप थापा र माता रिता थापाकाे काेखबाट काठमाण्डाैकाे थापागाउँ बानेश्वरमा जन्मनुभएका प्रवल थापा दुरदृष्टि भएका, सरल, ईमान्दार, राजनैतिक रुपमा सक्रिय र मुलुककाे भूगाेल बुझेका युवा नेता हुन् । त्रिभुवन विश्व बिद्यालय पढाउने वुवाकाे काँग्रेस लगाव र विपी बिचारधाराबाट प्रभावित उहाँ सानै उमेरमा बाबा गुमाएपछि परिपक्व आँट सहास र निखार सहित अगाडि बढिरहनु भएकाे छ ।

पारिवारिक र नातागाेताकाे पृष्टभूमि भन्दा नि उहाँ आफ्नै लगाव परिश्रम संघर्षबाट माथी उठेकाे सक्षम ईमन्दार र परिवर्तनकाे पक्षधर हुनुहुन्छ । धेरै अगाडि सम्सदीय यात्राकाे अवसर प्राप्त हुँदा समेत उहाँले निष्ठा ईमान र काँग्रेसप्रतिकाे बिश्वास गुमाउन चाहनुभएन र आज आफ्नै मजवुती, पाैरख स्व-लगाव र निखारताले दर्विलाे पकड सहित याे सफलताकाे यात्रामा समाहित हुँद‌ै धेरै कदम अगाडि बढ्न सफल हुनुभएकाे छ । फाईदा क्षणिक लिन सकिन्छ दीर्घकालका लागि आफै उत्तम ठहरिन सक्नुपर्छ भन्ने उहाँ कहिल्यै पद र अवसरकाे पछि नलागि आफ्नै सुझवुझ, मेहनत र संघर्षबाट उज्यालाे जुन झै उदाउँदै हुनुहुन्छ ।

काँग्रेस बदलिनुपर्छ, प्रजातन्त्र बलियाे भए मात्र देश बदलिन्छ भनेर पार्टी भित्रै संघर्ष गर्नुभएकाे उहाँ आफूले संसदमा गएर देश र जनता सर्वाेपरी मानेर काम गर्ने, जकडिएकाे भ्रष्टचार अन्त्य गर्दै देशमा के भईरहेकाे छ र हुनुपर्ने के हाे? बिकाश , प्रबिधि , यातायात र पुर्वाधार निर्माणमा कसरी काम गर्न सकिन्छ भनेर याेजना, उद्वेश्य र स्पष्ट दिशा सहित सबैलाई आब्हान गर्दै हुनुहुन्छ । यसपाली काठमाण्डाैका जनताले आफ्नाे अठाेटमा साथ दिनेमा बिस्वस्त उहाँ जनता जनार्दनसामु ठूला र महत्वकाँक्षी हैन याेजनाबद्व ब्यवहारिक र दैनिक जीवनयापनसँग मेल खाने जनताले सहज अनुभूति गर्ने काममा लाग्ने प्रण गर्नुहुन्छ ।

संसद कानुन निर्माणकाे थलाे हाे । बिकाश याेजना कार्यवन्यन गर्न मजवुत कानुन हुनुपर्छ, साथै यसकाे कार्यावन्यन पक्ष पनि बलियाे हुनुपर्छ भन्ने उहाँ कुरा र भाषण हैन अहिले जनताले पारदर्शी काम, तत्काल परिणाम र दिर्घकालमा समुन्नती सम्बृद्वि र मुलुककाे कायापलट गराई बिश्वका शक्तिशाली दुई देश बिचकाे याे राष्ट्रलाई हिराकाे चमक दिई स्वाधिनता, स्वाभिमान, पहिचान सहित राजन‌तिक स्थायित्व प्रदान गर्नु जरुरी रहेकाे बताउनुहुन्छ । 

पुन: जनताकाे भराेसा टुट्न नदिने र राजनैतिक ईमन्दारिताबाट देखिने, प्रष्ट र याेजनाबद्व काममा तल्लिन हुने उहँकाे याेजनामा हिजाेकाे अनुभव सफलता र सबैलाई समेट्दै अपनत्व सहित गरेका उच्च कार्यले साथ दिने नै छन् । आम मतदाता समक्ष उहाँकाे आग्रह छ, हजुरकाे माटाेकाे सुगन्ध हजुरकै भाइ छाेरा देशकाे नेतृत्व गर्न अग्रसर छ, पराईले गरिदिएला हैन परेकाे बेला आफ्नै काम लाग्छ , याेग्य र ईमान्दार अनि बफदार नेतृत्वलाई जिताउन र गर्वले शिर ठाडाे पार्ने कार्य गर्न अनुराेध गर्नुहुन्छ ।

  • ताजा अपढेट

    सुदन गुरुङ पुन: गृहमन्त्री बन्ने, आजै शपथ लिने तयारी

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुदन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त हुने भएका छन्। स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङलाई आजै गृहमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्। नियुक्तिपछि…

    Read more

    Continue reading
    कांग्रेस सभापति गगन कुमार थापा ले दिए पदबाट राजीनामा

    काठमाडौं / नेपाली कांग्रेस का सभापति गगन थापाले पदबाट राजीनामा दिएको जानकारी प्राप्त भएको छ। पार्टीको केन्द्रीय समितिको बैठक शुक्रबार बस्ने तयारी भइरहेका बेला उनले राजीनामा दिएको स्रोतले जनाएको छ।…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    सद्गुरुको महिमा र गुरु पूर्णिमाको आध्यात्मिक सन्देश

    सद्गुरुको महिमा र गुरु पूर्णिमाको आध्यात्मिक सन्देश

    गुरु पूर्णिमाको अवसरमा नवतनधाममा विशेष कार्यक्रम आयोजना हुँदै

    गुरु पूर्णिमाको अवसरमा नवतनधाममा विशेष कार्यक्रम आयोजना हुँदै

    सिन्धुलीमा श्रावण १८ देखि २४ सम्म ‘श्रीमद् वीतक चर्चा एवं श्रीकृष्ण कथा–२०८३’ आयोजना हुँदै

    सिन्धुलीमा श्रावण १८ देखि २४ सम्म ‘श्रीमद् वीतक चर्चा एवं श्रीकृष्ण कथा–२०८३’ आयोजना हुँदै

    श्रीकृष्ण प्रणामी मन्दिर बनेपामा श्रीमदवितक चर्चा तथा श्रीकृष्ण कथा आयोजना हुँदै

    श्रीकृष्ण प्रणामी मन्दिर बनेपामा श्रीमदवितक चर्चा तथा श्रीकृष्ण कथा आयोजना हुँदै

    के छ तयारी ? :- सुधारस तिमल्सिना

    के छ तयारी ? :- सुधारस तिमल्सिना

    महालक्ष्मी–६ मा दूरसञ्चारको तार चोरी गर्ने दुईमध्ये एक पक्राउ, एक फरार

    महालक्ष्मी–६ मा दूरसञ्चारको तार चोरी गर्ने दुईमध्ये एक पक्राउ, एक फरार