श्री राधाकृष्ण प्रणामी सेवा आश्रमद्वारा ७औँ वार्षिक महोत्सव आयोजना हुँदै

भक्तपुर / सुर्यविनायक नगरपालिका वडा नम्बर १० खुलालगाउँ आध्यात्मिक चेतना, भक्ति भावना तथा धार्मिक संस्कारको प्रवर्द्धन गर्ने उद्देश्यले श्री राधाकृष्ण प्रणामी सेवा आश्रम, खुलालगाउँ भक्तपुरद्वारा ७औँ वार्षिक महोत्सव आयोजना गरिने भएको छ। परम आनन्द र भक्तिमय वातावरणमा सम्पन्न हुने उक्त महोत्सव २०८३ साल बैशाख २२ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने जनाइएको छ।

आश्रमका संरक्षक सन्त श्री देवाशिषजी महाराजका अनुसार महोत्सवले भक्तजनहरूमा ईश्वरप्रति श्रद्धा, प्रेम, सद्भाव तथा आध्यात्मिक जागरण अभिवृद्धि गर्ने विश्वास लिइएको छ।

महोत्सव अवधिभर भजन–कीर्तन, सत्संग, दिव्य प्रवचन, पूजा–आराधना तथा विविध धार्मिक एवं आध्यात्मिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। कार्यक्रममा देशका विभिन्न स्थानबाट भक्तजन, धर्मप्रेमी तथा श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

श्री कृष्ण प्रणामी सेवा समिति, खुलालगाउँ इकाई समिति, सुर्यविनायक नगरपालिका वडा नम्बर १०, भक्तपुरद्वारा आयोजित यस पावन महोत्सवमा सहभागी भई पुण्य लाभ तथा आध्यात्मिक आनन्द प्राप्त गर्न सम्पूर्ण भक्तजन तथा धर्मप्रेमी महानुभावहरूमा आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।

  • ताजा अपढेट

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापा श्रावण १८ / झापाको भद्रपुर नगरपालिका–९, प्रणामीनगरस्थित श्रीकृष्ण प्रणामी मन्दिर, दुवागढी–चन्द्रगढीमा विगत वर्षहरूझैँ यस वर्ष पनि आज बाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुने भएको छ। वि.सं.…

    Read more

    Continue reading
    सद्गुरुको महिमा र गुरु पूर्णिमाको आध्यात्मिक सन्देश

    आज असार शुक्ल पुर्णिमा अर्थात गुरु पूर्णिमाको पावन अवसरमा आध्यात्मिक चिन्तन, वैदिक शास्त्र, ज्योतिष तथा धर्मदर्शनका गहन अध्येता एवं प्रेरणादायी वक्ता ज्योतिषीचार्य श्री ध्रुवराज शास्त्रीसँग सद्गुरुको महिमा, आत्मजागरण, श्रीकृष्ण प्रणामी…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    देखिने प्रगति र नदेखिने समृद्धि

    देखिने प्रगति र नदेखिने समृद्धि

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै