विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

मकवानपुर , भाद्र १९ / रसुवा जिल्लामा यही भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक बाढी तथा विभिन्न स्थानमा गएको पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रणामी व्यवसाय संघ नेपालले विपद्मा परेका नागरिकका लागि आर्थिक सहयोग गरेको छ।

भोटेकोशी नदीमा आएको भीषण बाढी तथा पहिरोका कारण धेरैले ज्यान गुमाएका छन् भने कतिपय अझै बेपत्ता रहेका छन्। त्यस्तै, घाइते भएका व्यक्तिहरू विभिन्न अस्पतालका शय्यामा उपचाररत छन्। विपद्बाट पीडित नागरिकको दुःखमा केही मलहम लगाउने उद्देश्यले संघले व्यवसायी साथीहरूसँग हातेमालो गर्दै रु. ८० हजार १०० रुपैयाँ आर्थिक सहयोग संकलन गरेको हो।

संघले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरी जिल्ला प्रशासन कार्यालय, मकवानपुरका प्रमुख जिल्ला अधिकारी (CDO) श्री बसन्त अधिकारीज्यूलाई हस्तान्तरण गरेको छ।

राहत रकम हस्तान्तरण कार्यक्रममा प्रणामी व्यवसाय संघ नेपालका अध्यक्ष श्री विष्णुप्रसाद वाग्ले, महासचिव श्री प्रमोद वाग्ले, केन्द्रीय सदस्य श्री सूर्य मणि गौतम तथा केन्द्रीय सल्लाहकार श्री विष्णुप्रसाद खतिवडाको सहभागिता रहेको थियो।

प्रणामी व्यवसाय संघ नेपालले विपद् तथा संकटका समयमा आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै निरन्तर मानवीय सेवाका कार्य गर्दै आएको जनाएको छ। यसैक्रममा संघका शाखा रहेका विभिन्न जिल्लाबाट समेत विपद्मा परेका नागरिकको सहयोगका लागि आर्थिक तथा मानवीय सहयोग भइरहेको बताइएको छ।

विपद्को यस कठिन घडीमा पीडित परिवारको साथमा उभिन संघले देशभर रहेका आफ्ना शाखा तथा व्यवसायी साथीहरूलाई समेत आह्वान गरेको छ। संघका केन्द्रीय अध्यक्षज्यूले आफ्नो क्षमताअनुसार सक्दो आर्थिक सहयोग गर्न सबैलाई आग्रह गर्दै आवश्यक सूचना तथा आह्वानसमेत जारी गरिसक्नुभएको जनाइएको छ।

पीडितको आँसु पुछ्न सक्ने प्रयास नै सच्चा मानवीय सेवा भएको भावनाका साथ प्रणामी व्यवसाय संघ नेपालले गरेको सहयोगले विपद्मा परेका परिवारलाई राहत र हौसला मिल्ने विश्वास गरिएको छ।

  • ताजा अपढेट

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    काभ्रेपलाञ्चोक, भाद्र २० / श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत रहेको प्रारम्भिक समिति बनेपाको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “रक्तदान जीवनदान हो,…

    Read more

    Continue reading
    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापा श्रावण १८ / झापाको भद्रपुर नगरपालिका–९, प्रणामीनगरस्थित श्रीकृष्ण प्रणामी मन्दिर, दुवागढी–चन्द्रगढीमा विगत वर्षहरूझैँ यस वर्ष पनि आज बाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुने भएको छ। वि.सं.…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    देखिने प्रगति र नदेखिने समृद्धि

    देखिने प्रगति र नदेखिने समृद्धि

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै