झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

झापा श्रावण १८ / झापाको भद्रपुर नगरपालिका–९, प्रणामीनगरस्थित श्रीकृष्ण प्रणामी मन्दिर, दुवागढी–चन्द्रगढीमा विगत वर्षहरूझैँ यस वर्ष पनि आज बाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुने भएको छ। वि.सं. २०८३ साल श्रावण १८ गतेदेखि भाद्र १९ गते (श्रीकृष्ण प्राकट्य उत्सव) सम्म सञ्चालन हुने उक्त धार्मिक एवं आध्यात्मिक महोत्सवमा श्रीमद्भागवताचार्य श्री प्रह्लादराज शास्त्री महाराजको पावन मुखारबिन्दबाट दिव्य प्रवचन हुने आयोजकले जनाएको छ।

कार्यक्रममा श्रीमद्भागवताचार्य श्री प्रह्लादराज शास्त्री महाराजले श्रीमद् बीतक चर्चा तथा श्रीकृष्ण कथाका माध्यमबाट भगवान् श्रीकृष्णका दिव्य लीला, निजानन्द दर्शनका गूढ आध्यात्मिक रहस्य, सनातन धर्मका जीवनोपयोगी आदर्श, नैतिक मूल्य, मानव जीवनको वास्तविक उद्देश्य तथा आत्मबोधसम्बन्धी विषयहरूलाई सरल, प्रभावकारी र प्रेरणादायी शैलीमा प्रस्तुत गर्नुहुनेछ। कथा–प्रवचनमार्फत समाजमा प्रेम, सद्भाव, सेवा, भक्ति, नैतिक जीवन तथा आध्यात्मिक जागरणको सन्देश प्रवाह गरिने विश्वास आयोजकले लिएको छ।
कार्यक्रम अवधिभर वरिष्ठ संगीतकारहरूको संगीतमय भजन–कीर्तन, सत्सङ्ग तथा आध्यात्मिक चिन्तनसमेत सञ्चालन हुनेछ। कार्यक्रमको मूल भावलाई तारतम वाणीको प्रसिद्ध चौपाईले झल्काएको छ—
“सुनियो बानी सोहागनी, हुती जो अकथ अगम ।
सो बीतक कहूँ, तुमको उड जासी सब भरम ।।”
कार्यक्रममा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत सुन्दरसाथ, भक्तजन, धर्मप्रेमी महानुभाव तथा श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। दैनिक कथा, भजन–कीर्तन, सत्सङ्ग र आध्यात्मिक प्रवचनमार्फत सहभागीहरूलाई आत्मिक शान्ति, आध्यात्मिक ज्ञान तथा धार्मिक संस्कारको अनुभूति गराउने उद्देश्य रहेको आयोजकको भनाइ छ।

आयोजक समितिले सम्पूर्ण सुन्दरसाथ, भक्तजन तथा धर्मप्रेमी महानुभावलाई उक्त पावन धार्मिक महोत्सवमा सहभागी भई श्रीमद् बीतक चर्चा, श्रीकृष्ण कथा तथा संगीतमय भजनको दिव्य लाभ लिन, आध्यात्मिक चेतना अभिवृद्धि गर्न तथा कार्यक्रमको गरिमा बढाउन हार्दिक निमन्त्रणा गरेको छ। भाद्र १९ गते श्रीकृष्ण प्राकट्य उत्सवका साथ कार्यक्रम विशेष धार्मिक उत्साहका बीच सम्पन्न गरिने जनाइएको छ।

  • ताजा अपढेट

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    काभ्रेपलाञ्चोक, भाद्र २० / श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत रहेको प्रारम्भिक समिति बनेपाको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “रक्तदान जीवनदान हो,…

    Read more

    Continue reading
    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    मकवानपुर , भाद्र १९ / रसुवा जिल्लामा यही भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक बाढी तथा विभिन्न स्थानमा गएको पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रणामी…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    देखिने प्रगति र नदेखिने समृद्धि

    देखिने प्रगति र नदेखिने समृद्धि

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै