संघीय बजेट ढिलाइ, बेथानचोक अध्यक्ष अधिकारी र Gen Z ऋषि थापाको पहल

काभ्रेपलाञ्चोक / बेथानचोक गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वयन हुनेगरी संघ सरकारद्वारा छ वटै वडाका लागि विनियोजित विकास बजेट कार्यान्वयनमा ढिलाइ भएको विषयमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङको ध्यानाकर्षण गराइएको छ।

गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको नेतृत्वमा पुगेको प्रतिनिधिमण्डलले मन्त्रालयमा भेट गरी संघीय बजेटबाट विनियोजित योजनाहरू समयमै कार्यान्वयन नहुँदा विकास निर्माणका काम प्रभावित भएको जानकारी गराउँदै आवश्यक पहलका लागि अनुरोध गरेको हो। सो अवसरमा बेथानचोक गाउँपालिका वडा नं. ६ का Gen Z प्रतिनिधि ऋषि थापाको उल्लेखनीय उपस्थिति रहेको थियो।

अध्यक्ष अधिकारीले बजेट स्वीकृत भइसके पनि प्रक्रियागत ढिलाइ, निकासा तथा कार्यान्वयनमा समस्या देखिँदा स्थानीय तहमा विकास अपेक्षित गतिमा अघि बढ्न नसकेको उल्लेख गरे। उनले छ वटै वडामा सडक, खानेपानी, भौतिक पूर्वाधार निर्माणलगायतका योजनाहरू प्रभावित भएको जनाउँदै बजेट समयमै निकासा र कार्यान्वयन सुनिश्चित गर्न मन्त्रीको सक्रिय भूमिकाको अपेक्षा व्यक्त गरे।

भेटका क्रममा Gen Z प्रतिनिधि ऋषि थापाले विशेषगरी दुर्गम तथा पहाडी वडाहरूमा विकास योजनाको कार्यान्वयनमा ढिलाइ हुँदा स्थानीय नागरिक, विशेषतः युवा पुस्ता प्रत्यक्ष रूपमा प्रभावित भइरहेको धारणा राखेका थिए। उनले संघीय र स्थानीय तहबीचको समन्वय सुदृढ भएमा विकास कार्यले गति लिने विश्वास व्यक्त गरे।

भेटमा मन्त्री घिसिङले उठाइएका विषयप्रति चासो व्यक्त गर्दै समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्। उनले संघीय सरकारबाट विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय गरी प्रक्रिया सहज बनाइने आश्वासन दिएका छन्।

स्थानीय तहका जनप्रतिनिधिहरूले संघीय सरकारको सक्रिय सहयोगमा विकास निर्माणका काम समयमै सम्पन्न भई नागरिकले प्रत्यक्ष लाभ पाउने वातावरण सिर्जना हुने विश्वास व्यक्त गरेका छन्।

  • ताजा अपढेट

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    काभ्रेपलाञ्चोक, भाद्र २० / श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत रहेको प्रारम्भिक समिति बनेपाको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “रक्तदान जीवनदान हो,…

    Read more

    Continue reading
    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    मकवानपुर , भाद्र १९ / रसुवा जिल्लामा यही भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक बाढी तथा विभिन्न स्थानमा गएको पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रणामी…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    देखिने प्रगति र नदेखिने समृद्धि

    देखिने प्रगति र नदेखिने समृद्धि

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै