माघे सङ्क्रान्ति देशभर हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं / आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति तथा माघी पनि भनिन्छ।

माघे सङ्क्रान्तिको अवसरमा देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी र रिडी लगायतका तीर्थस्थलमा माघ स्नान गर्ने भक्तजनको उल्लेख्य भीड लागेको छ। तीर्थक्षेत्रहरूमा आज विशेष मेला पनि आयोजना गरिएको छ।

यस पर्वमा घिउ, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी, ढिक्री र खिचडीजस्ता परिकार खाने परम्परा छ। जाडो मौसममा शरीरलाई न्यानो र बलियो बनाउन यी परिकार उपयोगी हुने आयुर्वेद चिकित्सकहरू बताउँछन्। आजका दिन तिलको तेलले मालिस गर्दा शरीरका दूषित पदार्थ बाहिर निस्कने तथा नाडी, स्नायुमण्डल र हड्डी सुदृढ हुने विश्वास रहेको छ।

नेपालका विभिन्न जातजातिले माघे सङ्क्रान्तिलाई आ–आफ्नै संस्कार र परम्पराअनुसार मनाउने गर्दछन्। विशेषगरी थारू समुदायले यस दिनलाई नयाँ वर्षका रूपमा ‘माघी’ पर्व मनाउने परम्परा छ।

धार्मिक मान्यताअनुसार सूर्य उत्तरायण भएपछि हुने मृत्युलाई उत्तम मानिन्छ। महाभारत युद्धका पात्र भीष्म पितामहले इच्छा मृत्युको वरदानअनुसार सूर्य उत्तरायण भएपछि मात्र शरीर त्यागेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।

माघ महिनामा माघ माहात्म्यको विशेष महत्व रहने गर्दछ। स्कन्द पुराण अन्तर्गत केदारखण्डको माघ माहात्म्यमा वर्णित अनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी व्रतकथा सुन्ने–सुनाउने परम्परा चलिआएको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार यस वर्ष पनि पौष शुक्ल पूर्णिमा अर्थात् पुस १९ गतेदेखि श्री स्वस्थानी व्रतकथा सुरु भइसकेको छ। व्रत बस्ने श्रद्धालुले चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजा–आराधना गर्ने परम्परा छ, जसका कारण यसलाई माघस्नान पनि भनिन्छ।

यसैबीच माघे सङ्क्रान्तिका अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउँदैछ। माघ १ गते तरुल, सखरखण्ड, पिँडालु र वनतरुलजस्ता कन्दमूलको सेवन गर्ने परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्षदेखि यो दिवस मनाउन थालिएको हो।

आजदेखि सूर्य उत्तरायणमा प्रवेश गर्ने भएकाले दिन क्रमशः लामो र रात छोटो हुँदै जाने विश्वास छ। उत्तरायणको समय स्नान, दान, जप, तप र ध्यान विशेष पुण्यदायी मानिने भएकाले देशभरका तीर्थस्थलमा भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ।

  • ताजा अपढेट

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    काभ्रेपलाञ्चोक, भाद्र २० / श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत रहेको प्रारम्भिक समिति बनेपाको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “रक्तदान जीवनदान हो,…

    Read more

    Continue reading
    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    मकवानपुर , भाद्र १९ / रसुवा जिल्लामा यही भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक बाढी तथा विभिन्न स्थानमा गएको पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रणामी…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    देखिने प्रगति र नदेखिने समृद्धि

    देखिने प्रगति र नदेखिने समृद्धि

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै