भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेको प्रधानमन्त्री मोदीसँग भेटवार्ता

काठमाडौं / भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। भेटपश्चात् प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत लामिछानेसँगको तस्बिर सार्वजनिक गर्दै नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

मोदीले लामिछानेसँगको भेटप्रति खुसी व्यक्त गर्दै साझा समृद्धि र उज्ज्वल भविष्यका लागि दुवै देशबीच अझ नजिकको सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्। उनले नेपाललाई भारतको ‘छिमेकी पहिलो’ (Neighbourhood First) नीतिअन्तर्गत प्रमुख साझेदारका रूपमा लिइएको पनि स्पष्ट पारेका छन्।

प्रधानमन्त्री मोदीले नेपालसँग रहेको ऐतिहासिक, सांस्कृतिक, आर्थिक तथा जनस्तरीय सम्बन्धलाई अझ सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको बताएका छन्। साथै, नयाँ राजनीतिक नेतृत्वसँग सहकार्य गर्दै द्विपक्षीय सम्बन्धलाई थप प्रभावकारी र परिणाममुखी बनाउने अपेक्षा समेत व्यक्त गरेका छन्।

रास्वपा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारतमा विभिन्न राजनीतिक नेतृत्वसँग समेत भेटघाट र छलफल गरिरहेको छ। मोदीसँगको भेटलाई नेपाल–भारतबीचको राजनीतिक संवाद, आपसी विश्वास तथा सहकार्यलाई अझ मजबुत बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

  • ताजा अपढेट

    महालक्ष्मी–६ मा दूरसञ्चारको तार चोरी गर्ने दुईमध्ये एक पक्राउ, एक फरार

    ललितपुर, श्रावण ५ / महालक्ष्मी नगरपालिका–६ क्षेत्रमा सार्वजनिक प्रयोगका लागि जडान गरिएको दूरसञ्चारको तार चोरी गर्ने क्रममा दुई जनामध्ये एक जनालाई स्थानीयवासीको सहयोगमा पक्राउ गरिएको छ भने अर्का एक जना…

    Read more

    Continue reading
    प्रणामी व्यवसाय संघ नेपालको स्थापना दिवसमा १०० विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

    निजगढ श्रावण ३ / प्रणामी व्यवसाय संघ नेपालले आफ्नो छोटो स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै बारा जिल्लाको सिंगोलस्थित लालिगुराँस आधारभूत विद्यालयका १०० जना विद्यार्थीलाई विद्यालय झोला (ब्याग) तथा…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    सद्गुरुको महिमा र गुरु पूर्णिमाको आध्यात्मिक सन्देश

    सद्गुरुको महिमा र गुरु पूर्णिमाको आध्यात्मिक सन्देश

    गुरु पूर्णिमाको अवसरमा नवतनधाममा विशेष कार्यक्रम आयोजना हुँदै

    गुरु पूर्णिमाको अवसरमा नवतनधाममा विशेष कार्यक्रम आयोजना हुँदै

    सिन्धुलीमा श्रावण १८ देखि २४ सम्म ‘श्रीमद् वीतक चर्चा एवं श्रीकृष्ण कथा–२०८३’ आयोजना हुँदै

    सिन्धुलीमा श्रावण १८ देखि २४ सम्म ‘श्रीमद् वीतक चर्चा एवं श्रीकृष्ण कथा–२०८३’ आयोजना हुँदै

    श्रीकृष्ण प्रणामी मन्दिर बनेपामा श्रीमदवितक चर्चा तथा श्रीकृष्ण कथा आयोजना हुँदै

    श्रीकृष्ण प्रणामी मन्दिर बनेपामा श्रीमदवितक चर्चा तथा श्रीकृष्ण कथा आयोजना हुँदै

    के छ तयारी ? :- सुधारस तिमल्सिना

    के छ तयारी ? :- सुधारस तिमल्सिना

    महालक्ष्मी–६ मा दूरसञ्चारको तार चोरी गर्ने दुईमध्ये एक पक्राउ, एक फरार

    महालक्ष्मी–६ मा दूरसञ्चारको तार चोरी गर्ने दुईमध्ये एक पक्राउ, एक फरार