ग्रामिण विकास संस्थाको साझेदारीमा खानेपानी र शिक्षा सुधार परियोजना सम्पन्न

बेथानचोक / गाउँपालिकाको प्रत्यक्ष नेतृत्व तथा ग्रामिण विकास संस्थाको सहयोगमा गत वर्षको बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा सञ्चालन गरिएको पुनर्निर्माण, शैक्षिक सुधार तथा राहतसम्बन्धी परियोजना सफलतापूर्वक सम्पन्न भई त्यसको विस्तृत विवरण गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।

परियोजना अन्तर्गत बाढी र पहिरोबाट क्षतिग्रस्त ६३ वटा खानेपानी आयोजना पुनःनिर्माण तथा मर्मत गरिएको छ। साथै १० वटा विद्यालयमा भौतिक संरचना निर्माणसँगै शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गरिएका छन्। विद्यालय, समुदाय तथा विद्यार्थीलाई लक्षित गरी मनोसामाजिक परामर्शसम्बन्धी तालिम पनि प्रदान गरिएको जनाइएको छ।

त्यसैगरी, प्राकृतिक विपद्का कारण अति प्रभावित परिवारलाई राहत वितरण कार्यक्रम समेत सञ्चालन गरिएको थियो। परियोजनाले प्रभावित समुदायमा आधारभूत सेवा पुनःस्थापना, शिक्षाको गुणस्तर सुधार र सामाजिक पुनर्स्थापनामा महत्वपूर्ण योगदान पुर्‍याएको गाउँपालिकाले जनाएको छ।

सम्पन्न परियोजनाको प्रगति विवरण, उपलब्धि तथा भावी व्यवस्थापनसम्बन्धी कागजात औपचारिक रूपमा गाउँपालिकालाई हस्तान्तरण गरिएको आयोजक संस्थाले जानकारी दिएको छ।

  • ताजा अपढेट

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    काभ्रेपलाञ्चोक, भाद्र २० / श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत रहेको प्रारम्भिक समिति बनेपाको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “रक्तदान जीवनदान हो,…

    Read more

    Continue reading
    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    मकवानपुर , भाद्र १९ / रसुवा जिल्लामा यही भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक बाढी तथा विभिन्न स्थानमा गएको पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रणामी…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    देखिने प्रगति र नदेखिने समृद्धि

    देखिने प्रगति र नदेखिने समृद्धि

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै