सुनकोशी गाउँपालिका–३ का ६२ वर्षीय मंगलाल फुयाँलको शव फेला

सिन्धुली / विगत ७ दिनदेखि हराइरहेका सुनकोशी गाउँपालिका–३ निवासी ६२ वर्षीय मंगलाल फुयाँलको शव आज सुनकोशी–६ चैनपुरस्थित क्रशर नजिकै सुनकोशी नदी किनारमा फेला परेको छ।
फुयाँल मिति २०८२ साल कार्तिक ७ गते राति १२:०२ बजे घरबाट निस्किएपछि बेपत्ता भएका थिए। खोजतलासका क्रममा पहिल्यै उनका मोबाइल, चप्पल, रुमाल र “परमधामको बाटो रोजेको” भन्ने पत्र नदी किनारमा फेला परेका थिए।
आज प्रहरी र स्थानीयको सहकार्यमा शव भेटिएपछि आवश्यक प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।



Post Comment