ढुंखर्क सडकमा पहिरो, अध्यक्ष तिमल्सिना: “अब बाटो पूर्ण बन्द छ”

Bytrikaldarshan

२०८२ आश्विन १८, शनिबार १२:१० २०८२ आश्विन १८, शनिबार १२:१० २०८२ आश्विन १८, शनिबार १२:१०

काभ्रेपलाञ्चोक / अविरल वर्षासँगै बेथानचोक जाने ढुंखर्क–पनौती सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। बेथानचोक गाउँपालिका वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिनाका अनुसार पार्थली, खड्केचौर र बगर लगायत स्थानहरूमा ठूलो पहिरो खसेपछि सडक सञ्चालन असम्भव बनेको हो।

उनका अनुसार, पहिरोमा अड्किएका सवारी साधनहरू तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको छ। “हालका लागि सडक पूर्ण रूपमा बन्द छ,” अध्यक्ष तिमल्सिनाले बताउनुभयो, “मौसमी वर्षा रोकिएपछि मात्र मर्मत कार्य अघि बढाउन सकिने अवस्था छ।”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ