नेप्से नेतृत्वले बिचौलियाका एजेन्डामा काम गरेको भन्दै राजीनामा माग, कर्मचारी आन्दोलित – Copy

८ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले बिचौलियाका एजेन्डा अनुसार काम गरेको आरोप लगाउँदै कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

नेप्सेको कर्मचारी संगठनले उच्च नेतृत्वले नेप्से सुधारभन्दा पनि बिचौलियालाई लाभ हुने काम गरेको भन्दै बुधबारदेखि  आन्दोलन सुरु गरेका हुन् ।

नेप्से कर्मचारी युनियनका अध्यक्ष नवराज थापाका अनुसार उच्च व्यवस्थापनसँग मंगलबार पनि यसबारे छलफल भएको थियो । मंगलबारको लामो छलफलपछि पनि उच्च व्यवस्थापनले कमजोरी सुधार नगर्ने देखिएपछि बुधबारदेखि औपचारिक आन्दोलनको घोषणा गरिएको थापाले बताए ।

‘मंगलबार कर्मचारी र उच्च व्यवस्थापनसँग लामो समय छलफल भयो, छलफलका क्रममा व्यवस्थापन पक्षबाट सुरक्षा चुनौती बढेको भनेर प्रहरी समेत बोलाउनु भयो, प्रहरीको रहोबरमा भएको छलफल निष्कर्षविहीन भयो’ थापाले भने, ‘मंगलबारको छलफल टुङ्गोमा नपुगेपछि बुधबार निरन्तरता भनिए पनि त्यसो हुन सकेन, त्यसपछि औपचारिक आन्दोलनमा उत्रिएका हौं ।’

कर्मचारी संगठनले आन्दोलन जारी राख्दै कामलाई निरन्तरता दिएका छन् । नियमित काममा कुनै बाधा पुगेको छैन । नेप्सेको संस्थागत सुशासन बचाउन र उद्दार गर्न अध्यक्ष बस्याल र प्रमुख कार्यकारी अधिकृत चापागाईंले राजीनामा दिनुपर्ने थापाले बताए ।

अध्यक्ष बस्यालले विगतमा नेप्सेबाट २५ लाख पाउनु पर्ने दाबी गरेको र सो अनुसार भुक्तानी दिन नेप्सेले नमानेपछि बदला लिन नेप्सेमा छिरेको कर्मचारीको दाबी छ ।

कर्मचारी संगठनले अध्यक्ष र प्रमुख कार्यकारीको राजीनामा नआएसम्म आन्दोल गर्ने जनाएको छ । संगठनले आन्दोलनका कार्यक्रमहरू तय गरेको छ । हातमा कालोपट्टी बाँध्ने, धर्नामा बस्ने, अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्ने र राजीना गर्न दवाव दिने रहेका छन् ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले बस्याललाई गत भदौ २० गते अध्यक्षमा नियुक्त गरेको थियो । त्यसैगरी नेप्सेको प्रमुख कार्यकारी अधिकृत पनि सोही सरकारले नियुक्त गरेको हो ।

  • ताजा अपढेट

    “गुरूकुलमको आँगनमा भाईवहिनीको हृदयबाट बग्यो भक्तिको झरना”

    बारा / हाम्राे समाजमा नवयुवाहरूलाई धर्मनिति, संस्कार, याेगसाधना अध्यात्मिक चिन्तनद्वारा युवाजागरण अभियान सञ्चालन गर्दै आउनुभएका श्रीकृष्ण प्रणामी धर्म निजानन्द सम्प्रदायका परम  विद्वान साहित्यचार्य श्रीजनार्दन गुरुदेवजी तथा मृदुभााषी मातृवात्सल्यायुक्त प्रेम प्रवाह…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    श्रीकृष्ण प्रणामी युवा परिषद् बनेपा प्रासद्वारा जन्माष्टमीमा रक्तदान, ३६ जनाले दिए जीवनदान

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    विपद्का पीडितको सहारामा प्रणामी व्यवसाय संघ, ८० हजार १०० रुपैयाँ राहत कोषमा

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    ‘छैन केही पिर चिन्ता’ सार्वजनिक, दर्शकको मायाको प्रतीक्षामा रिहान शंकर

    देखिने प्रगति र नदेखिने समृद्धि

    देखिने प्रगति र नदेखिने समृद्धि

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    ‘विकासको आधार तयार, समृद्ध बेथानचोकको सपना’

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै

    झापाको भद्रपुरमा आजबाट श्रीमद् बीतक चर्चा एवं श्रीकृष्ण कथा आयोजना हुँदै