युवाको नेतृत्वमा नयाँ ऊर्जा : बेथानचोक जेसीजको अध्यक्षमा प्रदिप आचार्य

Bytrikaldarshan

२०८२ माघ ७, बुधबार १९:०४ २०८२ माघ ७, बुधबार १९:०४ २०८२ माघ ७, बुधबार १९:०४

बेथानचोक / वर्ष २०१८ मा स्थापना भएको बेथानचोक जेसीजले पदस्थापना तथा व्यक्तित्व सम्मान कार्यक्रम बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ। सम्पन्न अधिवेशनबाट वर्ष २०२६ का लागि जेसी प्रदिप आचार्य शाखा अध्यक्षमा निर्वाचित भएका छन्।

वर्ष २०२५ का अध्यक्ष जेसी विनोद तिमल्सिनाले नव–निर्वाचित अध्यक्ष जेसी प्रदिप आचार्यलाई औपचारिक रूपमा पद हस्तान्तरण गरेका थिए। कार्यक्रममा वर्ष २०२५ मा निर्वाचित कार्यसमितिलाई विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने पूर्व अध्यक्ष, मानार्थ सदस्य, सहयोगी संघसंस्था तथा शाखा अध्यक्षहरूलाई सम्मानका साथै मायाको चिनो प्रदान गरिएको थियो।

वर्ष २०२६ का लागि निर्वाचित कार्यसमितिमा अध्यक्ष जेसी प्रदिप आचार्य, निवर्तमान अध्यक्ष जेसी विनोद तिमल्सिना, कार्यकारिणी उपाध्यक्ष जेसी प्रकाश श्रेष्ठ, जेसि उमेश दाहाल (बेथानचोक -३) महासचिव जेसी उमेश दाहाल (बेथानचोक–१), कोषाध्यक्ष जेसी सुजन श्रेष्ठ, कानुनी सल्लाहकार जेसी मोहन कृष्ण तिमल्सिना रहेका छन्। यस्तै उपाध्यक्षहरूमा जेसी अजय तिमल्सिना, जेसी प्रविन अधिकारी, जेसी स्वरुप राज तिमल्सिना र जेसी नवीन तिमल्सिना चयन भएका छन्।

कार्यक्रममा बेथानचोक जेसीजमा विशेष योगदान पुर्‍याएका ज्ञान प्रसाद तिमल्सिना, विश्वनाथ दाहाल तथा संस्थापक अध्यक्ष मुक्तिनाथ तिमल्सिनालाई व्यक्तित्व सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा पूर्व अध्यक्ष, मानार्थ सदस्य, विभिन्न जेसीज शाखाका प्रतिनिधि, सहयोगी संघसंस्था, विद्यालय प्रतिनिधि, सामाजिक व्यक्तित्व तथा स्थानीय समुदायका अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नव–निर्वाचित अध्यक्ष जेसी प्रदिप आचार्यले २०१८ देखि सुरु भएको बेथानचोक जेसीजको यात्रामा योगदान पुर्‍याउने सम्पूर्ण पूर्व अध्यक्ष तथा सदस्यहरूप्रति आभार व्यक्त गर्दै आगामी कार्यकालमा युवाको नेतृत्व विकास, शिक्षा, स्वास्थ्य तथा समुदायमा आधारित कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

सोही अवसरमा गाउँपालिका अध्यक्ष भगवान अधिकारीले युवामार्फत सामाजिक रूपान्तरण सम्भव हुने उल्लेख गर्दै जेसीजजस्ता संस्थासँग सहकार्य गरी बेथानचोकलाई कृषि, पर्यटन र सामाजिक विकासको केन्द्रका रूपमा विकास गरिने बताए। गाउँपालिका उपाध्यक्ष तारा राणा तिमल्सिनाले जेसीजले स्थानीय तहमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमको अपेक्षा व्यक्त गरिन्।

कार्यक्रममा जेसीज राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी विकेशलाल श्रेष्ठ, राष्ट्रिय उपाध्यक्ष अमन महर्जन, मातृ शाखा भकुण्डेबेशी जेसीज वर्ष २०२५ की अध्यक्ष रमा ढोडारीसहित पूर्व अध्यक्ष, मानार्थ सदस्य, समाजसेवी तथा युवाहरूको सहभागिता रहेको थियो।

बेथानचोक जेसीजले स्थापना कालदेखि नै रक्तदान, स्वास्थ्य शिविर, सामाजिक सचेतना तथा समुदायमा आधारित विविध कार्यक्रममार्फत सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। कार्यक्रमको समापन गर्दै अध्यक्ष जेसी प्रदिप आचार्यले जेसीजको मूल मर्म व्यक्तित्व तथा नेतृत्व विकासलाई आत्मसात गर्दै समाज विकासमा निरन्तर अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे।

Exif_JPEG_420

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ