ग्रामिण विकास संस्थाको साझेदारीमा खानेपानी र शिक्षा सुधार परियोजना सम्पन्न

बेथानचोक / गाउँपालिकाको प्रत्यक्ष नेतृत्व तथा ग्रामिण विकास संस्थाको सहयोगमा गत वर्षको बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा सञ्चालन गरिएको पुनर्निर्माण, शैक्षिक सुधार तथा राहतसम्बन्धी परियोजना सफलतापूर्वक सम्पन्न भई त्यसको विस्तृत विवरण गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।

परियोजना अन्तर्गत बाढी र पहिरोबाट क्षतिग्रस्त ६३ वटा खानेपानी आयोजना पुनःनिर्माण तथा मर्मत गरिएको छ। साथै १० वटा विद्यालयमा भौतिक संरचना निर्माणसँगै शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गरिएका छन्। विद्यालय, समुदाय तथा विद्यार्थीलाई लक्षित गरी मनोसामाजिक परामर्शसम्बन्धी तालिम पनि प्रदान गरिएको जनाइएको छ।

त्यसैगरी, प्राकृतिक विपद्का कारण अति प्रभावित परिवारलाई राहत वितरण कार्यक्रम समेत सञ्चालन गरिएको थियो। परियोजनाले प्रभावित समुदायमा आधारभूत सेवा पुनःस्थापना, शिक्षाको गुणस्तर सुधार र सामाजिक पुनर्स्थापनामा महत्वपूर्ण योगदान पुर्‍याएको गाउँपालिकाले जनाएको छ।

सम्पन्न परियोजनाको प्रगति विवरण, उपलब्धि तथा भावी व्यवस्थापनसम्बन्धी कागजात औपचारिक रूपमा गाउँपालिकालाई हस्तान्तरण गरिएको आयोजक संस्थाले जानकारी दिएको छ।

  • ताजा अपढेट

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौं, कात्तिक ४ / नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज बुधबार विजयादशमी हर्षोल्लासका साथ मनाइँदैछ। आजको दिन मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका…

    Read more

    Continue reading
    घटस्थापनासँगै बडादसैँ आजबाट सुरु

      काठमाडौं, असोज २५, २०८३ /नेपालीहरूको महान् पर्व बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै देशभरका घरघरमा जमरा राख्ने तथा दुर्गा भवानीको पूजा…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान

    बलि होइन, जीवन रोजौँ : प्रणामी युवाको अहिंसाको अभियान