जनताको दुःख – सुखमा साथ दिन रुकुम फर्किँदै प्रचण्ड

Bytrikaldarshan

२०८२ पुष २८, सोमबार ०७:५९ २०८२ पुष २८, सोमबार ०७:५९ २०८२ पुष २८, सोमबार ०७:५९

काठमाडौं / नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवारी दिने स्पष्ट घोषणा गरेका छन्।

रुकुम पश्चिममा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनाव रुकुम पूर्वबाटै लड्ने निर्णय अन्तिम भइसकेको बताए।

उनले भने, “यसपटकको चुनाव म रुकुमबाटै लड्छु। पूर्वी रुकुमबाट उम्मेदवारी दिने कुरा निश्चित भइसकेको छ। पूर्वी रुकुमबाट चुनाव लड्ने भएपछि पश्चिम रुकुमसँगको सम्बन्ध पनि निरन्तर रहन्छ भन्ने कुरा तपाईंहरूले बुझ्नुभएको छ।”

प्रचण्डले पश्चिम रुकुमका जनताप्रति भरोसा र सम्मान व्यक्त गर्दै यहाँका विकासका आकांक्षा पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए। उनले रुकुमको समग्र विकासलाई नयाँ ढंगले अघि बढाइने उल्लेख गर्दै जनताको दुःख–सुखमा सधैं साथ रहने प्रतिवद्धता पनि दोहोर्‍याए।

उनका अनुसार रुकुम केवल चुनावी क्षेत्र नभई संघर्ष, विश्वास र राजनीतिक यात्राको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै आगामी दिनमा विकास र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिने छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ