
काभ्रेपलान्चोक / बेथानचोक गाउँपालिका वडा नं. ५ च्याल्टीमा ५७ जना वृद्धा तथा एकल महिलालाई लक्षित गरी न्यानो पछ्यारा वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वडा नं. ५ च्याल्टीको आयोजनामा तथा समाजसेवी मिना घिमिरेको समन्वयमा शनिबार सम्पन्न भएको हो।
बनेपा निवासी सामाजिक अभियन्ता राजिव रसाइलीकी छोरी सलिना रसाइलीको वैदेशिक यात्राको अवसरमा सामाजिक उत्तरदायित्वको भावनासहित उक्त कार्यक्रम आयोजना गरिएको सामाजिक अभियन्ता राजिव रसाइलीले जानकारी दिनुभयो। उहाँका अनुसार, जाडो मौसममा वृद्धा र एकल महिलालाई राहत प्रदान गर्नु सामाजिक दायित्व र मानवता प्रतीक हो।
कार्यक्रमका समन्वयकर्ता समाजसेवी मिना घिमिरेले भने, “आगामी दिनहरूमा विपन्न र असहाय परिवारलाई सहयोग गर्दै जाने हाम्रो प्रतिबद्धता कायमै रहनेछ।” स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीको उपस्थितिमा सम्पन्न यस कार्यक्रममा सबै सहयोगीप्रति आयोजकले विशेष आभार व्यक्त गरेका छन्। सेवामूलक यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिएको छ।

