तोरी फुलले झल्कियो दक्षिण ललितपुरको सन्खुको पहिचान

ललितपुर / ललितपुर जिल्लाको दक्षिणी भेगस्थित कोन्योजोसोम गाउँपालिका वडा नम्बर २ सन्खुबाट हालै खिचिएको यो दृश्य सामाजिक सञ्जालमा निकै चर्चा बटुलिरहेको छ। स्वच्छ निलो आकाश, हल्का सेता बादल, हरियालीले भरिएका डाँडाकाँडा र वरिपरि पहेंलो झल्मल परेको तोरी फुलेको बारीको संगमले स्थानीय प्रकृतिको वास्तविक सौन्दर्य उजागर गरेको हो।
स्थानीय दिपक घिमिरेले कैद गरेका उक्त दृश्यमा शान्त वातावरण, सुनौलो बारिका पाटा र तोरी फुलको चमकले सारा क्षेत्रमा आत्मिक शान्तिको अनुभूति दिने दृश्यात्मक प्रभाव पारेको देखिन्छ। शरद ऋतुको निर्मलता र कृषिगत भव्यता एकसाथ भेटिने यस्तो क्षणले सन्खु क्षेत्रको पर्यटन सम्भावनालाई पनि थप उजागर गरेको स्थानीयवासी बताउँछन्।





Post Comment