प्रणामी व्यवसाय संघको सहकार्यमा सिन्धुलीमा एकदिवसीय उत्पादक तालिम सम्पन्न

सिन्धुली / प्रणामी ब्यबसाय संघ, नेपालको सहकार्यमा जिल्ला समिति सिन्धुलिले एकदिवसीय “लिक्युट सरफ हरपिक र फिनायल झोल” बनाउने तालिम कार्यक्रमको आयोजना गरेको छ। उक्त तालिम कार्यक्रममा ४५ जना ब्यबसायिहरूले सहभागिता जनाएका थिए।
कार्यक्रमको उद्घाटन जिल्ला अध्यक्ष श्री शिव कुमार श्रेष्ठ ज्युको सभापतित्व र संघका केन्द्रीय अध्यक्ष श्री विष्णु प्रसाद वाग्ले ज्युको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो। प्रमुख प्रशिक्षकका रूपमा संघका केन्द्रीय सदस्य श्री राधिका चोैलागाई ज्युले सहभागिहरूलाई लिक्युट सरफ हरपिक र फिनायल झोल निर्माणको प्रक्रिया र विविध तरिकाहरूको तालिम दिएका थिए।
यस कार्यक्रममा सघका केन्द्रीय उपाध्यक्ष श्री कृष्ण प्रसाद घिमिरे ज्यु, केन्द्रीय सचिब श्री देबी प्रसाद अधिकारी ज्यु, राम प्रसाद पोखरेल ज्यु लगायत उद्योग बाणिज्य सघ सिन्धुलिका प्रतिनिधिहरूको पनि उपस्थिती रहेको थियो। प्रशिक्षक र सहभागीहरूले कार्यक्रमलाई निकै फलदायी र उपयोगी रहेको बताएका छन्।
कार्यक्रमको समापनमा प्रशिक्षक र अतिथिहरूले आगामी दिनमा पनि यस्ता तालिमहरूको निरन्तरता आवश्यक रहेको बताएका थिए।




Post Comment