“आज श्रीकृष्ण प्रणामी धर्माचार्यद्वयको आगमनलाई लक्षित गर्दै काठमाडौंमा भव्य स्वागतको तायारी ”

काठमाडौं । श्रीकृष्ण प्रणामी धर्मका धर्माचार्य वर्तमान सतगुरु स्वरुप अनन्तश्री विभूषित जगतगुरु आचार्य श्री कृष्णमणि महाराजश्री आज नेपाल आगमन गर्नु हुदै छ । निजानन्द सम्प्रदाय अन्तर्गत आद्य धर्मपीठ श्री ५ नवतनपुरी धामका वर्तमान सतगुरु स्वरूप महाराजश्रीको आगमनलाई लक्षित गर्दै राजधानीमा विशेष स्वागत कार्यक्रम आयोजना गरिएको आयोजकहरूले जानकारी दिएका छन्।
साथै श्री ५ महामंगलपुरी धाम बाट जगतगुरु आचार्यश्री १०८ सूर्यनारायण दासजी महाराज पनि धार्मिक कार्यक्रमहरूका लागि काठमाडौं आइपुग्ने कार्यक्रम रहेको बताइएको छ।
स्वागत कार्यक्रम श्रीकृष्ण प्रणामी युवा परिषद्को केन्द्रीय, प्रदेश, जिल्ला तथा इकाई समितिहरू, श्रीकृष्ण प्रणामी सेवा समिति तथा श्रीकृष्ण प्रणामी बाईजुराज समितिका पदाधिकारी, सुन्दरसाथजी तथा भक्तजनहरूको सहभागितामा भव्य रूपमा सम्पन्न गर्ने तयारी गरिएको छ। स्वागतसहितको मोटरसाइकल स्कर्टिङ कार्यक्रम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट श्री नवतनधामसम्म हुनेछ।
आयोजकहरूले भक्तजन तथा समिति पदाधिकारीहरूलाई सम्भव भएसम्म संस्थागत पोशाक (ड्रेस) र मोटरसाइकल सहित उपस्थित हुन आग्रह गरेका छन्। महाराजश्रीलाई सम्मानित रूपमा विमानस्थलबाट धामसम्म सवारी यात्रासहित स्वागत गरिने जनाइएको छ।कार्यक्रम मिति र समय :
२०८२ मंसिर २ गते, दिउँसो ४:३० बजे, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि।



Post Comment