समाजसेवी मिना घिमिरे र अभियानता विमला रसाइलीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

काभ्रेपलाञ्चोक, असार २६ /

काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–२, ढुंखर्कस्थित पाट्नेखोलामा रहेको श्री जयराम प्राथमिक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई अत्यावश्यक शैक्षिक सामग्रीअन्तर्गत विद्यालय झोला, कापी र कलम वितरण गरिएको छ।

विद्यार्थीहरूको अध्ययनलाई सहज, प्रभावकारी तथा गुणस्तरीय बनाउन सहयोग पुर्‍याउने उद्देश्यले समाजसेवी मिना घिमिरे र अभियानता विमला रसाइलीको सहयोगमा शुक्रबार शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यार्थीहरूको दैनिक अध्ययन–अध्यापनमा अत्यधिक आवश्यक पर्ने विद्यालय झोला, कापी र कलम वितरण गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा बोल्ने वक्ताहरूले शिक्षा नै समाज रूपान्तरणको मुख्य आधार भएको उल्लेख गर्दै ग्रामीण तथा आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीहरूलाई यस्ता सहयोगले अध्ययनप्रति थप उत्साह, आत्मविश्वास र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे। साथै आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो।

विद्यालय परिवारले विद्यार्थीहरूको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै समाजसेवी मिना घिमिरे र अभियानता विमला रसाइलीप्रति हार्दिक आभार व्यक्त गरेको छ। यस्ता सहयोगात्मक कार्यले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा सकारात्मक टेवा पुग्ने विश्वास समेत व्यक्त गरिएको छ।

  • ताजा अपढेट

    युगलदास महाराजको योगदान सम्झिँदै युवापुस्ता, पुल्चोकमा कात्तिक १४ गते वक्तृत्वकला

    पुलचोक, २०८३ कात्तिक १२ ललितपुर । श्रीकृष्ण प्रणामी सेवा समिती नेपालको सस्थापक अध्यक्ष परमहंस श्री १०८ युगलदास जी महाराजको प्राकट्य महोत्सवको अवसर पारेर श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, ललितपुर जिल्लाअन्तर्गतको…

    Read more

    Continue reading
    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौं, कात्तिक ४ / नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज बुधबार विजयादशमी हर्षोल्लासका साथ मनाइँदैछ। आजको दिन मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    युगलदास महाराजको योगदान सम्झिँदै युवापुस्ता, पुल्चोकमा कात्तिक १४ गते वक्तृत्वकला

    युगलदास महाराजको योगदान सम्झिँदै युवापुस्ता, पुल्चोकमा कात्तिक १४ गते वक्तृत्वकला

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?