युगलदास महाराजको योगदान सम्झिँदै युवापुस्ता, पुल्चोकमा कात्तिक १४ गते वक्तृत्वकला

पुलचोक, २०८३ कात्तिक १२ ललितपुर । श्रीकृष्ण प्रणामी सेवा समिती नेपालको सस्थापक अध्यक्ष परमहंस श्री १०८ युगलदास जी महाराजको प्राकट्य महोत्सवको अवसर पारेर श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, ललितपुर जिल्लाअन्तर्गतको प्रारम्भिक समिति पुल्चोकको आयोजनामा यही कात्तिक १४ गते वक्तृत्वकला प्रतियोगिता हुने भएको छ।

परमहंस श्री १०८ युगलदास जी महाराजको जन्म वि.सं. १९५३ आश्विन शुक्ल द्वितीयाका दिन सुन्दरबाईको गर्भबाट कालिम्पोङको इच्छे मा भएको हो। उहाँको पुर्ख्यौली घर काभ्रेपलाञ्चोकको ढुंखर्क रहेको थियो।

नेपालमा श्रीकृष्ण प्रणामी धर्मको संस्थागत विकासमा युगलदास महाराजको महत्वपूर्ण योगदान रहेको छ। वि.सं. २०२३ मा बागमती अञ्चलाधीश कार्यालयबाट श्रीकृष्ण प्रणामी सेवा समितिलाई सरकारी मान्यता दिलाउने क्रममा उहाँले अगुवाइ गर्नुभएको थियो। उहाँ श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल केन्द्रीय कार्यसमितिका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो।

धर्म र समाजसेवासँगै मानवसेवालाई समेत प्राथमिकता दिनुभएका महाराजको योगदानसँग निजानन्द आश्रम, पुल्चोक पनि जोडिएको छ। वि.सं. २०३७ मा निर्माण गरिएको आश्रममा बालबालिका, वृद्धवृद्धा तथा असक्त महिला–पुरुषका लागि व्यवस्था गरिएको थियो। उहाँको जीवन त्याग, तपस्या, गुरुसेवा, धर्मजागनी तथा सेवाभावसँग जोडिएको थियो।

युगलदास महाराजले आफ्नो जीवन श्रीकृष्ण प्रणामी धर्म तथा समाजसेवामा समर्पित गर्नुभएको योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले प्राकट्य महोत्सवका अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, ललितपुर जिल्लाका उपाध्यक्ष सचिन्द्र महर्जनले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै युवाको प्रतिभा, विचार र सिर्जनशीलतालाई सकारात्मक दिशातर्फ लैजान आवश्यक रहेको बताउनुभयो।

“युवाको प्रतिभा र विचारलाई मञ्च दिनुपर्छ,” महर्जनले भन्नुभयो, “युवालाई आफ्नो धर्म, संस्कार, इतिहास र अग्रजहरूको योगदानसँग जोड्दै उनीहरूको विचार र प्रतिभालाई प्रस्तुत गर्ने अवसर दिनुपर्छ।”

प्रतियोगितामा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे र नुवाकोट जिल्लाका युवाहरू सहभागी हुन सक्नेछन्। सहभागीहरूले परमहंस श्री १०८ युगलदास जी महाराजको जीवन, योगदान, त्याग, तपस्या, गुरुसेवा, धर्मजागनी तथा समाजसेवासँग सम्बन्धित विषयमा आफ्ना विचार प्रस्तुत गर्नेछन्।

आयोजकका अनुसार कार्यक्रमले युवाहरूमा वक्तृत्वकला तथा नेतृत्व क्षमताको विकाससँगै युगलदास महाराजको योगदान र श्रीकृष्ण प्रणामी धर्मको इतिहासबारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्य बोकेको छ।

परमहंस श्री १०८ युगलदास जी महाराजले वि.सं. २०४४ भदौ १९ गते दशमीको राति २ बजे भौतिक शरीर त्याग गर्नुभएको थियो। उहाँको समाधि शंखमूलस्थित बागमती नदीको किनारमा रहेको विवरण छ।

जन्मदेखि धामगमनसम्मको उहाँको जीवनयात्रा श्रीकृष्ण प्रणामी धर्म, संस्थागत विकास, धर्मजागनी र समाजसेवासँग जोडिएको छ। यही योगदान र जीवनदर्शनलाई युवापुस्तामाझ पुर्‍याउँदै उनीहरूको प्रतिभा र विचारलाई मञ्च प्रदान गर्ने उद्देश्यले कात्तिक १४ गतेको वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागिएको हो।

  • ताजा अपढेट

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौं, कात्तिक ४ / नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज बुधबार विजयादशमी हर्षोल्लासका साथ मनाइँदैछ। आजको दिन मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका…

    Read more

    Continue reading
    घटस्थापनासँगै बडादसैँ आजबाट सुरु

      काठमाडौं, असोज २५, २०८३ /नेपालीहरूको महान् पर्व बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै देशभरका घरघरमा जमरा राख्ने तथा दुर्गा भवानीको पूजा…

    Read more

    Continue reading

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    भखरै

    युगलदास महाराजको योगदान सम्झिँदै युवापुस्ता, पुल्चोकमा कात्तिक १४ गते वक्तृत्वकला

    युगलदास महाराजको योगदान सम्झिँदै युवापुस्ता, पुल्चोकमा कात्तिक १४ गते वक्तृत्वकला

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    त्रिकालदर्शन डटकमको आधिकारिक दर्ता: विष्णु वाग्लेद्वारा खुसी व्यक्त

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    आज विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    काठमाडौंको त्यो दसैँ : जब राजधानी नै दुर्गम बन्यो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    नेपाली कांग्रेस : पुस्तान्तरण, नेतृत्व परिवर्तन र नयाँ सम्भावनाको बाटो

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?

    देवीदेवताको नाममा पशुबलि : समाजले कहिले सोच्ने?