सुनको मूल्यमा पुनः उकालो, प्रतितोला २ हजार रुपैयाँले बढ्यो

Bytrikaldarshan

२०८३ जेष्ठ २६, मंगलवार १२:०४ २०८३ जेष्ठ २६, मंगलवार १२:०४ २०८३ जेष्ठ २६, मंगलवार १२:०४

काठमाडौं / नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो।

यस साताको कारोबारमा आइतबार सुनको मूल्य प्रतितोला ८ हजार २०० रुपैयाँले घटेको थियो भने सोमबार ९०० रुपैयाँले कमी आएको थियो। त्यसपछि मंगलबार पुनः मूल्य बढेको हो।

गत साताको सुरुवातमा भने सुनको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको थियो। आइतबार प्रतितोला २० हजार ५०० रुपैयाँले मूल्य बढेको थियो। त्यसपछि सोमबार २०० रुपैयाँले घटेको मूल्य मंगलबार ४०० रुपैयाँले बढेको थियो। बुधबार मूल्य स्थिर रहेको थियो भने बिहीबार २०० रुपैयाँ र शुक्रबार २ हजार १०० रुपैयाँले घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले वृद्धि भई ४ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

उल्लेखनीय रूपमा, गत माघ १५ गते सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। त्यस दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ तथा चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ