काभ्रे बुच्चाकोटमा बस दुर्घटना : ७ जनाले गुमाए ज्यान

Bytrikaldarshan

२०८३ जेष्ठ २९, शुक्रबार १७:३५ २०८३ जेष्ठ २९, शुक्रबार १७:३५ २०८३ जेष्ठ २९, शुक्रबार १७:३५

काभ्रेपलान्चोक / बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको बुच्चाकोट क्षेत्रमा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस नमोबुद्ध नगरपालिका–२ स्थित बुच्चाकोट (सेल्फी डाँडा) क्षेत्रमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टका अनुसार दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको छ। साथै घाइते भएका १५ जनाको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ।

मृतकहरूको पहिचान तथा घाइतेहरूको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन।

दुर्घटनापछि स्थानीयवासी, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायका टोलीहरू उद्धार तथा राहत कार्यमा परिचालित भएका थिए। घटनाको प्रकृति, सम्भावित कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ