त्रिकालदर्शन

आइतबार, मे 31, 2026 5:32 बिहान

श्री कृष्ण प्रणामी युवा परिषद नेपालद्वारा धादिङमा भजन-किर्तन कार्यक्रम आयोजना हुने

Byसन्तोष बजगाई

२०८३ बैशाख २१, सोमबार १९:३० २०८३ बैशाख २१, सोमबार १९:३० २०८३ बैशाख २१, सोमबार १९:३०

धादिङ / श्री कृष्ण प्रणामी युवा परिषद नेपाल, बागमती प्रदेश अन्तर्गत जिल्ला कार्य समिति धादिङको आयोजनामा भजन–किर्तन कार्यक्रम आयोजना गरिने भएको छ। धार्मिक तथा आध्यात्मिक भावनालाई सुदृढ बनाउने उद्देश्यले आयोजना गरिने उक्त कार्यक्रममा सम्पूर्ण भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गरिएको छ।

उक्त कार्यक्रम धादिङस्थित श्री कृष्ण प्रणामी मन्दिरमा सम्पन्न हुनेछ। आयोजकका अनुसार कार्यक्रम वैशाख २६ गते शनिबार बिहान ११:०० बजेबाट सुरु हुनेछ।

भजन–किर्तनमार्फत आध्यात्मिक चेतनाको अभिवृद्धि गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न भजन, सत्संग तथा धार्मिक प्रवचनहरू प्रस्तुत गरिनेछन्।

आयोजकले सम्पूर्ण श्रद्धालु तथा भक्तजनलाई कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन आग्रह गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ