सात्त्विक आहार, पवित्र विचार : बसन्तपुरमा शाहाकारी अभियान सम्पन्न

Bytrikaldarshan

२०८२ मंसिर २७, शनिबार १२:४४ २०८२ मंसिर २७, शनिबार १२:४४ २०८२ मंसिर २७, शनिबार १२:४४

काठमाडौ / घर–घर जागनी, जन–जन जागनी पावन अभियान अन्तर्गत श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल बागमती प्रदेश जिल्ला कार्यसमिति काठमाडौको समन्वयमा तथा त्यसअन्तर्गत रहेको प्रारम्भिक समिति भैमालको आयोजनामा शाकाहारी अभियान कार्यक्रम मिति २०८२ साल मंसिर २७ गते शनिबार बसन्तपुरमा गहिरो आध्यात्मिक भाव, करुणा र चेतनाको उज्यालो सन्देशसहित भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा परिषदका केन्द्रिय उपाध्यक्ष शुसिला ढकाल, केन्द्रिय सदस्य राजकुमार गजुरले, काठमाडौ जिल्ला अध्यक्ष बिकास सन्जेल, शाकाहारी अभियन्ता तथा काठमाडौ संयोजक दिपा पौडेल लम्साल, श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल जिल्ला कार्यसमिति काठमाडौ कोषाध्यक्ष पन्जु सन्जेल, दहचोक प्रा.स अध्यक्ष सचितानन्द दाहाल, चितवन जिल्ला प्रतिनीधि तथा काठमाडौ जिल्ला सदस्य सागरराज तिमल्सिना समेतको गरिमामय उपस्थिति रहेको थियो।

उपस्थित वक्ताहरूले शाकाहारलाई केवल आहारको विकल्पका रूपमा सीमित नराखी अहिंसा, करुणा र आत्मशुद्धिको साधनाका रूपमा जीवनमा आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। “जसको आहार सात्त्विक हुन्छ, उसको विचार पवित्र हुन्छ” भन्ने आध्यात्मिक भाव व्यक्त गर्दै शाकाहारी जीवनशैलीले मन, विचार र समाजलाई संयम, सेवा र सद्भावतर्फ उन्मुख गराउने सन्देश प्रवाह गरिएको थियो।

सुन्दरसाथजीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रम आध्यात्मिक ऊर्जाले परिपूर्ण बनेको थियो। आयोजक प्रारम्भिक समिति भैमालले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने सम्पूर्णप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै, आगामी दिनहरूमा पनि धर्म, संस्कार र मानवता जागरणका यस्ता पावन अभियानहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ