काभ्रे गजराम पर्वतले पायो नयाँ पहिचान १८ फिटको पवित्र त्रिशुल

Bytrikaldarshan

२०८२ मंसिर ६, शनिबार १४:१७ २०८२ मंसिर ६, शनिबार १४:१७ २०८२ मंसिर ६, शनिबार १४:१७

काभ्रे / बेथानचोक गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य गजराम पर्वतमा १८ फिट अग्लो विशाल त्रिशुल स्थापना गरिएको छ। स्थानीय धार्मिक अभियन्ता, श्रद्धालु तथा पर्यटन प्रवर्द्धन समितिको संयुक्त पहलमा सम्पन्न गरिएको यो कार्यले गजराम क्षेत्रको आध्यात्मिक महत्त्व तथा पर्यटकीय आकर्षणलाई थप उचाइमा पुर्‍याएको छ।

स्थानीयवासीका अनुसार, गजराम पर्वतमा स्थापित त्रिशुल केवल एक धार्मिक प्रतीक मात्र नभई सांस्कृतिक पहिचान र आस्थाको केन्द्र पनि हो। त्रिशुल स्थापनासँगै पर्यटक, भक्तजन तथा तीर्थयात्रीको आगमन अझ बढ्ने अपेक्षा गरिएको छ।

यस कार्यले बेथानचोक क्षेत्रको सांस्कृतिक प्रवद्र्धन, आन्तरिक पर्यटन विकास तथा आध्यात्मिक वातावरण सुदृढ हुनेमा स्थानीयवासीहरू आशा गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ