हाम्राे आँसुमा तिम्राे पर्व

म पशु हुँ तर म मानिसलाई
ईश्वर ठान्दछु । भनेकाे मान्दछु ।
आईज संकेतले आउँछु;
जा संकेतले जान्छु;
दिएकाे खान्छु ;
मुन्छेले भनेकाे अक्षरस मान्छु ।
खै ! श्रृङखला कस्ताे हाे ?
सबै गुणमा उहि छु
विवेक थियाे भने भगवान पद
पाउथे हाेला , मन्दिरमा धाउँथे हाेला !
ध्यान र साधनाले ईश्वर पाउँथे हाेला !
गति र मुक्ति पाउँथे हाेला
तर के गर्नु ? पशु भएछु ।।
म ईमानमा दृढ छु;
भनेकाे मान्छु ईश्वरीय
कानुनमा छु वरू खुकुरी थाप्छु;
श्रृष्टिमा जे खान खटाएकाे छ
म ज्यान जाला खादिन अँ हँ;
बरू भाेकै मर्छु संघर्ष गर्छु;
खादिन किनकी म पशु हुँ ।।
म मान्छेलाई अभिभावक ठान्थे;
जहाँ वाेलायाे उहि जान्थे ;
आखिर मान्छे त हामी भन्दापनि निच
रहेछ खानेकुरा फ्याक्ने रहेछ;
नखानेकुरा च्याप्ने रहेछ ;
हामीलाई खानका लागि
इश्वरलाई भाक्ने रहेछ ।।
भैसी आमा, वाख्री आमा, कुखुरी आमा
हासँ आमा सन्तान भएकाे
अन्य सबै आमालाई ;
सधै पीडा नै पीडा आफ्नो सन्तानसँग
रम्न पाउने न घुम्न पाउने;
न साथमै मर्न पाउने;
किन जन्म दियाै नि प्रभु !
हामी त मानिसका आहार पाे! रहेछौं ??
विवेक गुमाउनेलाई मानव भनेउ;
पुच्छर हल्लाउने भएर पशु भनेउ;
जाँत मात्र पशु हाे हामी त श्रृष्टि कै भाग्यमानी रहेछाै; किनकी चाडपर्व र
राम्राे तिथि नै हाम्राे श्राद्द पर्ने रहेछ ;
शाेकलाई शक्ति वदल भन्थे हाम्राे
त जीवन नै यस्ताे मानवका खुसि पर्व
हाम्रा त्राहीमाम् ज्यान वचाउ!! ज्यान वचाउ!!
भन्दै रूने पर्व ।।
भगवान अबकाे श्रृष्टि यस्ताे नगर;
हामी माथिकाे अन्यायकाे न्याय देउ;
हाम्रा अवाेध सन्तानलाई मुक्ति देउ;
अज्ञानी मान्छेलाई वुद्दि देउ ;
हामीलाई शान्तिपूर्ण बाच्ने अधिकार देउ;
के पशु हुनु नै मेराे दाेष हाेर;
हामीलाई पनि अभयकाे वरदान देउ ।।।



Post Comment