प्रधानमन्त्री शुसिला कार्की नेतृत्वमा सरकारमा थपिँदै चार नयाँ मन्त्री, आजै शपथग्रहण

Bytrikaldarshan

२०८२ कार्तिक ९, आईतवार १२:१८ २०८२ कार्तिक ९, आईतवार १२:१८ २०८२ कार्तिक ९, आईतवार १२:१८

प्रधानमन्त्री शुसिला कार्की नेतृत्वमा सरकारमा चार नयाँ मन्त्री थपिने तयारी अन्तिम चरणमा पुगेको छ। विश्वसनीय स्रोतका अनुसार, मन्त्रालयको जिम्मेवारीसमेत टुंगो लागिसकेको र उनीहरूले आजै शपथग्रहण गर्ने कार्यक्रम तय भएको छ।

प्राप्त विवरणअनुसार, डा. सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएकी छन्। गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने निश्चित भएको छ। त्यसैगरी, खगेन्द्र सुनार लाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मा दिइने तयारी भइरहेको छ भने बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्रीका रूपमा सरकारमा सहभागी हुने तय भएको स्रोतले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ