काठमाडौं । श्री कृष्ण प्रणामी धर्माचार्य,वर्तमान सतगुरु स्वरुप अनन्त श्री विभूषित जगद्गुरु आचार्य श्री कृष्णमणिजी महाराजश्री को नेपाल आगमन भोलि जेठ १९ गते हुने भएको छ। उहाँ सोही दिन राति ८:०० बजे इन्डिगो एयरलाइन्समार्फत काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।
जगद्गुरु आचार्य श्री कृष्णमणिजी महाराजश्रीको स्वागत तथा दर्शनका लागि जेठ २० गते दिउँसो १२:०० बजे विशेष कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रममा सम्पूर्ण सुन्दरसाथजी तथा पदाधिकारीहरूले पूज्य महाराजश्रीको दिव्य दर्शन, पावन वाणी श्रवण तथा आशीर्वाद प्राप्त गर्ने अवसर पाउनेछन्।
जगद्गुरु आचार्य श्री कृष्णमणिजी महाराजश्रीको नेपाल आगमनलाई धार्मिक तथा आध्यात्मिक दृष्टिले विशेष महत्वका साथ हेरिएको छ। उहाँको उपस्थितिले भक्तजनहरूमा आध्यात्मिक चेतना, श्रद्धा, भक्ति र आत्मिक जागरणको भावना थप प्रगाढ हुने विश्वास गरिएको छ।
जगद्गुरु आचार्य श्री कृष्णमणिजी महाराजश्रीको पावन आगमनले काठमाडौंसहित देशभरका प्रणामी अनुयायीहरूमा उत्साह र उमंग थपिएको छ। भक्तजनहरू महाराजश्रीको दर्शन तथा आशीर्वाद प्राप्त गर्न आतुरतापूर्वक प्रतीक्षारत रहेका छन्।
