सामुदायिक सहकारिकाे ३१औँ साधारण सभा ढुंखर्कमा उत्साहका साथ सम्पन्न

Bytrikaldarshan

२०८२ कार्तिक २९, शनिबार २०:३८ २०८२ कार्तिक २९, शनिबार २०:३८ २०८२ कार्तिक २९, शनिबार २०:३८
Exif_JPEG_420

बेथानचोक / सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बेथानचोक एकाईले ३१औँ वार्षिक साधारण सभा पार्वती मा.वि. परिसर, बेथानचोक–२, ढुंखर्कमा सम्पन्न गरेको छ।कार्यक्रम आज मिति २०८२ कात्तिक २९ गते, शनिबार भव्य रूपमा सम्पन्न भएको हो।

साधारण सभाको औपचारिक उद्घाटन संस्थाका केन्द्रीय उपाध्यक्ष भवानी थापाले पानसमा दीप प्रज्वलन गरी गर्नुभयो। उद्घाटनपछि ढुंखर्क व्यवस्थापन समितिका संयोजक चेतनाथ तिमल्सिनाले स्वागत मन्तव्य राख्दै सहकारीप्रति निरन्तर साथ र विश्वास जनाइरहेका सबै सेयर सदस्यप्रति आभार व्यक्त गरे।

सभामा आर्थिक वर्षको प्रतिवेदन, लेखापरीक्षण विवरण, प्रगति समीक्षा तथा आगामी वर्षका योजना प्रस्तुत गरिएको थियो। साथै सहकारी सुदृढीकरणका विभिन्न प्रस्तावहरू सभाबाट पारित गरिएको सहकारीले जनाएको छ। कार्यक्रममा स्थानीय प्रतिनिधि, सहकारीकर्मी, पदाधिकारी तथा सेयर सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ