बीपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा

काभ्रेपलाञ्चोक / लगातारको वर्षा र बाढीपहिरोका कारण एक हप्ता भन्दा बढी समयदेखि अवरुद्ध बनेको बीपी राजमार्ग शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री समेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको प्रत्यक्ष अनुगमन र निर्देशनपछि राजमार्गको विभिन्न क्षतिग्रस्त स्थानमा मर्मत कार्य तीव्र गतिमा सम्पन्न गरिएको थियो।
भकुन्डेवेशी / नेपालथोक, चौकीडाँडा, बोक्सेकुना, डालाबेँसी र माम्ती लगायतका स्थानमा ठूलो पहिरोले सडक बगाएपछि सम्पूर्ण यातायात आवागमन ठप्प भएको थियो।
राजमार्ग सुचारु भए पनि मर्मत कार्य जारी रहेको र केही खण्डमा स्थायी पुनर्निर्माण गर्न समय लाग्ने जानकारी सम्बन्धित निकायले दिएको छ।



Post Comment