त्रिकालदर्शन

धार्मिक समाचार

काभ्रेपलाञ्चोकमा देउसी /भैलो खेल्न राति साढे ९ बजेसम्म मात्र अनुमति

काभ्रेपलाञ्चोक / तिहार पर्वको उल्लासमय माहोलसँगै देउसी / भैलो खेल्ने क्रम देशभर चलिरहेको छ। तर, सुरक्षा र शान्ति सुव्यवस्थालाई ध्यानमा राख्दै काभ्रेपलाञ्चोक जिल्लाभर देउसी /  भैलो खेल्ने समय सीमित गरिएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार राति साढे ९ बजेसम्म मात्र देउसी / भैलो खेल्न अनुमति दिइएको छ।

प्रशासनका अनुसार, यसपछिका समयमा उच्च ध्वनि, भीडभाड र अशान्ति हुनसक्ने भएकाले उक्त निर्णय लिइएको हो। यसै क्रममा स्थानीय प्रशासनले सबै देउसी/भैलो समूहहरूलाई सामाजिक सद्भाव, मर्यादा र शान्त वातावरणमा पर्व मनाउन आग्रह गरेको छ।