दशैं / तिहारको नयाँ गीत गायक सुन्दर सुनामको स्वरमा सार्वजनिक

Bytrikaldarshan

२०८२ आश्विन ९, बिहीबार १७:३८ २०८२ आश्विन ९, बिहीबार १७:३८ २०८२ आश्विन ९, बिहीबार १७:३८

काभ्रे / आउँदो बडादशैं र तिहार पर्वलाई लक्षित गर्दै गायक सुन्दर सुनामको आवाजमा नयाँ दशैं–तिहार विशेष गीत सार्वजनिक गरिएको छ ।

पर्वको रौनक झल्काउने लय र आधुनिक लोकधुनमा तयार गरिएको उक्त गीतको शब्दमा पारिवारिक मेलमिलाप, धार्मिक उत्सव र पर्वको उल्लासलाई विशेष महत्व दिइएको छ । 

सुनामको मधुर स्वर, रमाइला शब्द र मनमोहक संगीत संयोजनले गीतलाई दशैं–तिहारको माहोलमा थप रंगीन बनाएको छ। गीत डिजिटल प्लेटफर्ममार्फत सर्वसाधारणका लागि उपलब्ध गराइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ